• २०८१ बैशाख १४ शुक्रबार

राप्रपाको अन्तर्राष्ट्रिय समन्वय समितीको तदर्थ समिति गठन

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाजको छाता संगठनको रूपमा अन्तर्राष्ट्रिय समन्वय समितीको तदर्थ समिति गठन गरिएको छ । 

पार्टीका उपाध्यक्ष वुद्धिमान तमाङको प्रमुख आतिथ्यमा भएको छलफलवाट प्रवास संगठनका संस्थापक कलेन्द्र विक्रम शाहीको अध्यक्षतामा हाललाई विश्वभरि रहेका प्रवास कार्यसमितिका अध्यक्षहरू केन्द्रीय सदस्य रहने गरि सवै प्रवास समितिसँग छलफल,राय सुझाव पछि पदाधिकारीहरू चयन गरिने निर्णय गरिएको छ। 

समितिका सह अध्यक्षमा धरम कुमार गुरूङ रहेका छन् । 

सवै आवश्यक कार्यहरू संगठन संयोजन प्रवासको अनुगमन, मुल्यांकन, निर्देशनको लागि प्रवास विभागका प्रमुख विजय खडकालाई संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै