• २०८१ बैशाख १४ शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैैक र एक्सिस बैंकबीच रेमिट्यान्स सम्झौता

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र भारतको एक्सेस बैंकबीच सम्झौता भएको  छ । भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक र  भारतस्थित एक्सिस बैंकबीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको हो ।

भारतमा रहेका नेपालीसँग पैसा हुँदा पनि आवश्यक पर्दा नेपालमा रहेका निजका परिवार तथा आफन्तले रकम लिन नसक्दा समस्यामा परेकाहरुलाई नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनैपनि शाखामा गएर एकपटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सक्नेछन । प्रत्येक महिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ । एक्सिस बैंकबाट पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका आठ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट तुरुन्त प्राप्त गर्न सकिने छ  ।

छिटो, सहज र सुरक्षिततरिकाले रकमप्राप्तगर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।
देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत आफ्नो सेवादिइरहेको नेपालइन्भेष्टमेण्ट बैंक र भारतस्थित एक्सिस बैंकबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम भुक्तानी गर्ने विश्वास राखिएको छ  ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै