• २०८१ बैशाख १४ शुक्रबार

तिहार लगत्तै छ अर्ब रुपैयाँको बिकास ऋणपत्र २०८१ आउने

kharibot

काठमाडौ ।  नेपाल राष्ट्र बैकले तिहार सकिए लगत्तै अर्थात कात्र्तिक पाँच गते छ अर्ब रुपैयाँको बिकास ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ ।

राष्ट्र बैंकले बाँणिज्य बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने गरी सात बर्षिय अवधिको “ विकास ऋणपत्र २०८१ क” बिक्री गर्न लागेको हो । 

ऋणपत्रको परिपक्व हुने बिसं २०८१ कात्र्तिक छ गते रहेको छ । अर्ध बार्षिकरुपमा व्याजदर भुक्तानी हुुने सो ऋणपत्र धितो राखेर राष्ट्र बैक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुसँग कर्जा समेत लिकाल्न सकिने छ ।

खरिदकर्ताहरु मध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात चार अर्ब ८० करोड र एक अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ । 

खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहेर ऋणपत्र खरिद गर्न सक्नेछन । ऋणपत्रको दोस्रो बजार कारोबार भने नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्फत हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै