• २०८१ बैशाख १४ शुक्रबार

बृद्ध भत्ताको रकम लिएर जुवा खेल्ने वडा अध्यक्ष पक्राउ 

kharibot

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर तामाङलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेलिरहेका तामाङलाई सोमबार राति अँधेरीमा रहेको जुवाखालबाट १ लाख १५ हजार ८ सय ८० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले पहिले आफ्नो नाम ढाँटेर विजय तामाङ भनेको र पछि सोधपुछको क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बृद्ध र बिधवा भत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

तामाङसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै