• २०८१ बैशाख १५ शनिबार

राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन

kharibot

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान निधन भएको छ । 

लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहनुभएका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगञ्ज, कपनमार्गमा निधन भएको हो । 

रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उनले लामो सयसम्म मुलुकमा राजनीति गरेका थिए । उनले स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हालेका थिए । उनको पार्थिव शरीरलाई राप्रपाको पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा अपराह्न २ देखि ३ बजेम्म श्रद्धाञ्जलिका लागि राखिने राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

स्व आचार्यका दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । उनको आजै आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले आचार्य निवास पुगेर स्व आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै उनको परिवारजनप्रति सहानुभूति र समवेदना प्रकट गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै