विजय गच्छदारको फोरम र कांग्रेसको एकीकरण आज हुदै 

खरीबोट

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदार सिंगो पार्टीसहित आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । लोकतान्त्रिक फोरम आज अपरान्ह नेपाली कांग्रेससँग एक हुने भएको हो ।

नेपाली कांग्रेसका अनुसार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी एकीकरणको घोषणा आज साझ ५:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको हो । 

गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए । 

२०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए । उनले नेलोफोबाट उठेर २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका थिए । 
 

सम्बन्धित समाचार

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ ।  पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा

राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

काठमाडौँ । नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन् ।  पार्टीका

राष्ट्रियसभामा सरकारको नयाँ नाम सिफारिसको निर्णयप्रति काँग्रेसको विरोध

काठमाडौँ ।  नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ ।  काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा

प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

इनरुवा ।  प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन्  ।  संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।  संसदीय दलको नेताका