• २०८१ बैशाख १४ शुक्रबार

म्यान्चेस्टर सिटीले गर्यो गोलको वर्षा, स्टोकलाई हान्यो ७ गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यान्चेस्टर सिटीले स्टोक सिटीविरुद्ध गोलको वर्षा गरेको छ । 

म्यान्चेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले ७ गोल गरेको थियो । स्टोक सिटीले भने सिटीविरुद्ध २ गोल गरेको छ । सिटीका लागि गाब्रियल जिससले २ गोल गरेका थिए भने रहिम स्टर्लिङ, डेभिड सिल्भा, फर्नान्डिन्हो, साने, बर्नान्डो सिल्भाले एक एक गोल गरेका छन् । म्यान्चेस्टर सिटीले लिगमा पहिलो ८ खेलमा २९ गोल गरेको छ ।

स्टोकका डिओफले एक गोल गरेका थिए भने म्यान्चेस्टर सिटीका वाल्करले एक गोल आत्मघाती गरेका थिए ।

जितसँगै म्यान्चेस्टर सिटी लिगको शिर्ष स्थानमा पुगेको छ । सिटी ८ खेलमा २२ अंकसहित शिर्ष स्थानमा रहेको छ भने स्टोक सिटीको ८ खेलमा ८ अंक रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै