• २०८१ बैशाख १४ शुक्रबार

कम्युनिष्ट एक हुँदा कांग्रेस झस्किनु पर्ने कारण छैन – प्रचण्ड 

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी एक हुदा कांग्रेस झस्किनु पर्ने कुनै कारण नभएको बताएका छन् । 

संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै अध्यक्षले संबिधान भित्रै रहेर देशमा एक कम्युनिष्ट बनाउने अभियानमा रहेको बताए । आउने संसदले पनि आवस्यक रुपमा संबिधान संसोधनको प्रस्ताव ल्याउने बताउदै अध्यक्ष प्रचण्डले देशको 

माओवादी केन्द्र कहिले दाया तिर र कहिले बाया तिर ढल्केको जस्तो देखिएको भएपनि राष्ट्रिय एकतालाई बलियो पार्ने र देशको विकास गर्ने कुरामा हामी कहिल्यै विचलित नहुने प्रचण्डले बताए ।

बजारमा, मिडियामा कम्युनिष्टको एकात्मक शासन आउने भयो भन्ने हल्ला गरिएको भन्दै प्रचण्डले यसलाई निराधार भएको बताए । संबिधानलाई मानेर अगाडी बढ्ने प्रतिबद्धता गरेको पार्टी भएकाले विचार मिल्ने कम्युनिष्टहरु एक हुदा अरु झस्किनु पर्ने कुनै कारण नभएको उनले बताए ।   

प्रचण्डले कांग्रेसका नेताहरुलाई प्रोभोक नहुन आग्रह गर्दै कम्युनिष्ट पार्टी भएकाले देशका सबै कम्युनिष्टलाई एकजुट गर्ने जिम्मेवारीमा आफु भएकोले यसलाई राजनीतक रुपमा बुझ्न कांग्रेसका नेताहरुलाई आग्रह गरे  । देश र जनताको जित हुने कुरामा कांग्रेससँग सहकार्य भविष्यमा पनि हुने भन्दै प्रचण्डले यसबाट कोहीपनि तर्सिन नहुने बताए ।

एक कम्युनिष्ट पार्टी बनाउने कुरामा सरकार ढाल्ने कुरासँग सम्बन्धित नभएको कांग्रेसका नेताहरुलाई पहिला नै जानकारी गराएको भन्दै प्रचण्डले यो लोकतन्त्र भित्रकै अंग भएको र संबिधान भन्दा बाहिर गर्न नचाहेको प्रचण्डले बताएका छन् । कांग्रेसलाई धोका दिएर देशमा राजनीतिक अस्थिरता निम्त्याउने कुनै योजना नभएको बताउदै देश र जनतालाई जानकारी गराउन चाहेको प्रचन्डले बताए । प्रचण्डले शान्तिपूर्ण ढंगले अगाडी बढ्न चाहेको भन्दै अनावस्यकरुपमा आशंका नगर्न अन्तरार्ष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । 

प्रचण्डले पहिलो संबिधान सभा असफल भएपनि दोस्रो संबिधान सभा आफ्नो काममा सफल भएको बताउदै ऐतिहासिक कर्म आगाडी बढेको बताए ।

संबिधान सभाबाट संबिधान बन्नु पर्छ भन्नेमा माओवादी केन्द्रले ठुलो भूमिका खेलेको भन्दै प्रचण्डले दोस्रो संबिधान सभाबाट संबिधान जसरी पनि बन्नुपर्नेमा सचेत भएको स्मरण गरेका थिए । संबिधान बन्ने कुरा शान्ति प्रक्रियासँग सिधै सम्बन्धित भएकाले पनि संबिधान बनाउन आफुहरुले भूमिका खेलेको प्रचण्डले बताए ।

संबिधान बनाउने अनिवार्यताका आफ्नो पार्टी टुक्रिने सम्मको मुल्य चुकाउनु परेको भन्दै प्रचण्डले यो संबिधान बनाउन आफुहरुले ठुलो मुल्य चुकाएको बताए । संबिधान बनाउने क्रममा हामीहरु विचित्रको अवस्थाबाट गुज्रिएर आएको बताउदै अध्यक्ष प्रचण्डले संबिधान नबनेको भए हाम्रो राजनीतिक विद्रोहको औचित्य नै नहुने अवस्था रहेको बताए ।

दोस्रो संबिधान सभाको बनोट हेर्दा आफुहरुले भने जस्तो संबिधान बनाउन सम्भव थिएन भन्दै प्राप्त हुनसक्ने कुरा जति लिदै बाँकी कुराका लागि आवाज उठाउदै जाने रणनीति अनुरुप यो संबिधान आएको बताए । 

संबिधानमा सकेसम्म जनताका अधिकतम मुद्धा समेट्न खोजेको भन्दै बाँकी कुराहरु आउदा दिनमा सम्बोधन हुनसक्ने प्रचन्डले बताए । मधेशी जनताका जायज मागलाई यस संसदबाट सम्बोधन गर्ने इमान्दार प्रयास गरेको भन्दै त्यो प्रयासमा आफु सफल नभएको बताए ।

नेपालमा जस्तै शान्ति प्रक्रिया अलि विकसित देशमा भएको भए त्यो ठुलो प्रचारको विषय हुने थियो भन्दै प्रचण्डले राजनीतिक दलहरुले निकै ठुलो काम गरेको बताए । अब देश आर्थिक विकासमा नलाग्ने हो भने राजनीतिक दलको औचित्य नै नहुने भन्दै प्रचण्डले लोकतान्त्रिक प्रणाली नै सकिने र अधिनायकवाद नै आउने बताए । 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै