• २०८१ बैशाख १४ शुक्रबार

विश्वका विवादास्पद लेखन जसले 'जेन्डर'बारेको हाम्रो सोचाइ नै परिवर्तन गरिदियो

kharibot

सन् १९७० र २००६ का द फिमेल युनुचका प्रकाशनहरु, जसमा जोन होल्मेसको कभर आर्ट रहेको छ । साथै द अब्जर्भर म्यागजिनका लागि जर्मन ग्रिअरले सन् १९७० मा खिचाएको तस्बिर । मिश्रण तस्बिर : द अब्जर्भर/द गार्जियन

सिमोनी डी ब्युभोइरको द सेकेण्ड सेक्स (१९४९)
यो किताब नारीवादी दर्शनको मियोकै रुपमा उभिएको छ । वान इज नट बर्न बट र्यादर बिकम्स (अ) वुमन अर्थात् महिला हैन मान्छे जन्मिन्छ तर पछि महिला बनाइन्छ, यो ब्युभोइरको प्रसिद्ध लेखनांश हो । यौन, काम, परिवारदेखि वेश्यावृत्ति, गर्भपतन र नारी पराधीनताको इतिहासबाट शीर्षक पत्ता लगाउने क्रममा डी ब्युभोइरले पुरुषहरुको ‘मेन एज द आइडियल’ (पुरुषहरु आदर्शवान्) र ‘वुमन एज द अदर’ (महिलाहरु कोही अरु) नै हुन् भन्ने विचारभावविरुद्ध विद्रोह गरेकी छिन् ।

बेट्टी फ्राइडानको द फेमिनिन मिस्टिक (१९६३)
यो पुस्तक सन् १९५०÷०६० को दशकका असन्तुष्ट अमेरिकी गृहिणीहरुलाई दया गर्नका लागि थिएन बरु उनीहरुलाई संगठित पार्न तथा विश्वभरका साधारण महिलाहरुको पक्षमा बोल्नका लागि थियो र यो नारीवादी आन्दोलनको दोस्रो तरंग हुनपुग्यो । फ्राइडानले नामविहीन समस्याको पहिचान गरेकी थिइन् । उनले महिलाहरुको जीवनमा पूर्णता र सन्तुष्टिको अभावको अनुसन्धान गरिन् । जतिबेला महिलाहरुको भन्नु केही थिएन, सबै महत्व पुरुष मात्र थिए ।  उनले शरीरविज्ञानलाई खूबै महत्व दिइन् ।

केट मिलेटको सेक्स्युअल पलिटिक्स (१९७०)
सेक्स्युअल पलिटिक्सले लैंगिक राजनीतिमा आइकोनोक्लाजम अर्थात् रुढीवादिताको विरोध गर्ने (मूर्ति फुटाल्ने) प्रवृत्ति भित्र्याइदियो । यसले संस्कृति र साहित्यमा नारीहरुलाई खालि यौनिकीकरण गरेर कमजोर पार्ने चलनविरुद्ध विद्रोह गर्न उक्सायो ।

जर्मन ग्रिअरको द फिमेल युनुच (१९७०)
यो पुस्तकले ‘ट्याबु बुस्टिंग फेमिनिष्ट’ अर्थात् रुढीवादविरुद्ध विद्रोह गर्ने नारीको रुपमा पंक (ठूलो स्वरमा गीत गाउन मन पराउने) पत्ता लाग्नुअघि नै ग्रिअरलाई बाहिर ल्यायो । यस्तो भाव नै आउने गरी उक्त पुस्तकको बाहिरी भाग डिजाइन गरिएको थियो भने पुस्तकभित्र चाहिँ पुरुषहरुबाट पहिले नै निर्देशित कुराबाट बाहिर आउन, एउटैसँग मात्रै सम्बन्ध राख्नुपर्ने संस्कार (मोनोगामी)विरुद्ध लाग्न आह्वान गरिएको थियो । यो बेलाको यो पुस्तक निकै चर्चित किताब हो ।

सुसान ब्राउनमिलरको ‘अगेन्स्ट आवर विल : मेन, वुमन एण्ड रेप (१९७५)’
त्यस्ता मानिसहरु जसले बलात्कृतहरुको रेखदेख गर्छन्, तिनीहरुमाथि समाजमा कस्तो व्यवहार गरिएको छ भन्नेबारे ब्राउनमिलरको यो पुस्तकले उल्लेख गरेको छ । यौन अपराधविरुद्धको शक्तिशाली अक्षरहरु यसमा उल्लेख छन् । यसले बलात्कारलाई त्यस्तो अपराधको रुपमा लिएको छ जुन अत्यधिक कामुकताभन्दा पनि हिंसा र शक्तिको अपराध हो भन्ने विचार समावेश गर्छ । ब्राउनमिलरको पुस्तककै कारण ‘बलात्कार’प्रतिको मानिसहरुको विश्वव्यापी दृष्टिकोणमै परिवर्तन आएर कतिपय कानुनहरुमा समेत परिवर्तन हुनपुगेको थियो ।

शेइला रोबोथम, लिन सेगल र हिलारी वेनराइटको बियोण्ड द फ्रागमेन्ट्स (१९७९)
सुरुमा पम्फ्लेट, त्यसपछि सम्मेलन, त्यसपछि पुस्तकको आकृति पाएको यो पुस्तक तीन जनाले लेखेका हुन् । पुस्तकले असमान समाजका जटिल समस्याबारे समाजवादी नारीवादलाई प्रस्फुटन गरेको छ । यस पुस्तकले महिला र राज्यको सम्बन्धबारे मात्रै नभएर सबै नारीवादी अनुभवहरु व्यक्तिगत हुँदै राजनीतिक कुरासम्मलाई उल्लेख गरेको छ ।  

बेल हुक्सको एइन्ट आई अ वुमन : ब्ल्याक वुमन एण्ड फेमिनिजम (१९८१)
यस पुस्तक कालाजातिका महिलाहरुको सामाजिक—आर्थिक, शैक्षिक र यौनिक अवमूल्यनसँग सम्बन्धित छ । हुक्सले सबैखाले महिलाहरुलाई आफ्नो लेखनमा उतारेकी छिन् । यसमा विशेष गरी गरिबी र वञ्चितीकरणमा परेका महिलाहरुले विशेष स्थान पाएका छन् । यो पुस्तकले आधुनिक समयका आन्दोलनहरु ब्ल्याक लाइभ्स म्याटर जस्ता शक्तिशाली आवाजहरुलाई प्रोत्साहन गर्दछ ।

एण्ड्रेया डोर्किनको इन्टरकोर्स (१९८७)
यो पुस्तकले पोर्नोग्राफी, इन्टरकोर्स (सम्भोग)ले महिलालाई कसरी पतनोन्मुख, पेसागत र समर्पित बनाउने आधार तय गर्यो भन्नेसँग सम्बन्धित छ ।

नाओमी वुल्फको द ब्युटी मिथ (१९९०)

वुल्फको यो पुस्तकमा चलाख, रमाइला र गतिशील महिलाहरुबारेका खुल्न बाँकी सत्यहरुबारे रोचक तथ्यहरु उल्लेख छन् । वुल्फलाई कतिपयले विवादित माने पनि महिला अत्याचारबारे कलात्मक वर्णन पुस्तकमा उल्लेख छ ।

रोजेन गेको ‘ब्याड फेमिनिष्ट (२०१४)’
गेको यो पुस्तकले जाति, तौल, यौन, लैंगिक विभेद, हिंसा र प्रसिद्ध संस्कृतिबारे उल्लेख गर्छ । उनले सामूहिक बलात्कार, धेरै खाने जस्ता कुराहरु आफ्नो लेखनमा अनुभवात्मक किसिममा मिसाउँछिन् ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै