निर्वाचनको सुरक्षा तयारीमा लाग्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

खरीबोट

तस्बिर : रासस

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।  

बैसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सफल पार्न प्रहरीले निर्वाह गरेकोे भूमिकाको प्रशंसा गर्दै संघ र प्रदेशको चुनावमा पनि सोही प्रकारले भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।  

सीमित स्रोत र साधनका बाबजुद पनि प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिका सराहनीय रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यसका लागि राष्ट्रको तर्फबाट उच्च प्रशंसा गर्छु भने । 

प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्न थप सक्रिय भएर लाग्न पनि प्रहरीलाई उनले निर्देशन दिए । 

देशभित्र मात्रै होइन संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीको भनाइ थियो । 

गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका प्रहरीको परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको र त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिए । 

प्रहरीको कामको मूल्यांकन गर्ने निकाय जनता नै हुन् भन्दै उनले रचनात्मक, व्यावसायिक र जनताप्रति समर्पित प्रहरी आजको आवश्यकता भएको उल्लेख गरे । 

प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राखेर व्यावसायिक प्रहरीका रूपमा विकास गर्न आफूले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र ल्याएको र सोअनुरुप काम भइरहेको गृहमन्त्री शर्माले जानकारी दिए । 

राष्ट्रको सेवा गर्ने प्रतिबद्धतासहितको एकता र प्रतिस्पर्धात्मक विकास प्रहरीमा हुनुपर्नेमा पनि उनले जोड दिए । 

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीले कानूनी मान्यता पाएको दिनको सम्झनामा मनाइने प्रहरी दिवसले सबै प्रहरीलाई देश र जनताप्रति थप कर्तव्यनिष्ठ भएर सेवा प्रदान गर्न झकझक्याउने धारणा व्यक्त गरे । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले यसवर्ष कर्तव्य पालनका क्रममा ज्यान गुमाएका २५ प्रहरी कर्मचारीको सम्मानमा उनीहरूका परिवारका सदस्यलाई कदरपत्र प्रदान गरे । 

प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठलगायतले प्रहरी प्रधान कार्यालयमा रहेको ‘अमर प्रहरी स्मारक’मा पुष्पहार अर्पण गरेका थिए । 

त्यस अवसरमा पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई ‘लाइफटाइम एचिभमेन्ट एवार्ड’बाट सम्मान गरिएको थियो । 

सम्बन्धित समाचार

देउवा सरकारले राष्ट्रियसभामा सिफारिश गरेका तीन जनाले सर्वोच्च गुहारे

काठमाडौं । देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका तीनजनाले सर्वोच्च अदालत गुहारेका छन् । अघिल्लो सरकारले जाँदाजाँदै राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र

संसदीय दलको नेताको लोभ नगर्न देउवालाई प्रकाशमानको सुझाव 

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत रुपमा नचलेको बताएका छन् । नेपाली कांग्रेस सिन्धुलीले र नेपाल प्रेस युनियनले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले केही नेताहरूको

राष्ट्रियसभामा देउवा सरकारद्वारा सिफारिस तीनजनाको नाम फिर्ता लिने निर्णय

काठमाडौं । सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रियसभामा मनोनयनका लागि  राष्ट्रपतिसमक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले देउवाले आफुले