ओली र प्रचन्डलाई भेटेर नयाँशक्तिलाई सम्मानजनक स्थान दिन डा. भट्टराईको आग्रह  

खरीबोट

काठमाडौँ । अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ ।

चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागबन्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आफ्नो पार्टीलाई एमाले-माओवादीले ‘अपहेलित’ गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठबन्धन छोड्ने चेतावनी दिएको हो ।

यस्तो जानकारी नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बिहीबार एमाले-माओवादीका अध्यक्षलाई नै दिएका छन् । भट्टराईले बिहीबार बेलुकी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर आफ्नो लागि गोरखा क्षेत्र २ दिनुपर्ने र स्थानीय तहमा नयाँ शक्तिले सम्मानजनक मत ल्याएका अन्य क्षेत्र पनि आफ्नो पार्टीलाई दिएर सम्मानजनक व्यवहार देखाउनुपर्ने माग गरेका हुन् 

भट्टराईनिकट स्रोतका अनुसार दाहाल-ओली दुवैले यस विषयमा भट्टराईलाई आवेग र उत्तेजित अवस्थामा नआइहाल्न आग्रह गरेका छन् । माओवादीले गोरखा २ नछोड्ने अडान लिँदै भट्टराईलाई गोरखाबाहेक अन्यत्र जिल्ला रोज्न भनेपछि नयाँ शक्ति गठबन्धनसँग झस्किएको हो । माओवादीले गोरखा २ मा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय नै गरिसकेको छ । 
 

सम्बन्धित समाचार

एमाले–माओवादी कार्यदल बैठकः एकीकृत पार्टी संघीय संरचनाअनुसार

काठमाडौँ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् ।  दुई दलको आज बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकमा नेपालको संविधानअनुसार नै

मधेश केन्द्रित दललाई सरकारमा ल्याउन पहल जारी

काठमाडौँ । वाम गठबन्धनले मधेश केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल जारी राखेको छ ।  सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले को स्थायी कमिटीले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी

एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा टुंगियो, कसले कुन कुन मन्त्रालय पाउने भए ? 

काठमाडौं । एमाले र माओवादीले मन्त्रालय भागवण्डा टुंगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विहिबार भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएका हुन् । भागवण्डा अनुसार

समाजवादी फोरम वाम गठबन्धनको सरकारमा सहभागी हुने संकेत

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ ।  उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी