• २०८१ बैशाख १४ शुक्रबार

नारायण-मुग्लिन सडकखण्ड पहिरोका कारण अझै अवरुद्ध, अवरोध हटाउने प्रयास जारी 

kharibot

तस्विर : नारायणघाट-मुग्लिन सडक आयोजना

चितवन, नारायण-मुग्लिन सडकखण्ड अहिले पनि पहिरो कारण अवरुद्ध रहेको छ ।

विहिबार बेलुकी एकतर्फी राजमार्ग खुलाएर विचमा फसेका सवारी साधनहरुलाई निकालिएता पनि अहिले फेरी कालीखोलादेखि नौ किलोसम्मका क्षेत्रहरुमा ठुलो सानो पहिरो खसेको कारण राजमार्ग पुन ठप्प भएको जानकारी साइड इञ्चार्ज राजन दाहलले दिएका छन् । उनका अनुसार नौकिलोमा कालीखोलामा खसेको जत्रै पहिलो खसेको र रोड समेत भासिएको हुँदा ग्याविन जाली राखेर मात्र सवारी सञ्चालन गर्नुपर्ने हुदा आज दिनभर पनि सवारी सञ्चालनमा ल्याउन सम्भावना कम रहेको छ । 

सिमसिम पानी परिराखेको कारण काम गर्न समस्या भएको र पानी पर्न नरोकिए पुन पहिरो खस्न सक्ने अनुमान समेत गरिएको छ ।  

नारायण-मुग्लिन सडक योजनाका अनुसार आयोजना सुरु भएदेखि अहिलेसम्म एकसाथ सबै भन्दा धेरै स्थानमा(मुग्लिङ्ग देखि गाईघाटसम्मै ठुला १० वटा) पहिरो खसेको र सडकको केही भाग बगाएको छ । आयोजनाले उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरेर मध्यान्नसम्ममा सवारी संचालनमा ल्याउने रहेको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै