मेसीको ह्याट्रिकले अर्जेन्टिना विश्वकपमा छनौट 

खरीबोट

काठमाडौँ । अर्जेन्टिना विश्वकप फुटबलका लागि सिधै छनौट भएको छ ।

दक्षिण अमेरिकी समुह अन्तर्गत भएको विश्वकप छनौट खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-१ गोल अन्तरले पराजित गर्दै रसिया विश्वकपका लागि सिधै छनौट भएको हो ।

बुधबार बिहान इक्वेडरको घरेलु मैदानमा भएको खेलमा लियोनेल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनौट गराएका थिए । खेलको पहिलो मिनेटमा नै गोल खाएर दबाबमा रहेको अर्जेन्टिनालाई खेलको १२औ, २०औ र ६२औ मिनेटमा गोल गर्दै मेसीले विजयी बनाएका थिए । 

अर्जेन्टिना दक्षिण अमेरिकी समुहमा २८ अंक सहित तेस्रो हुदै विश्वकपमा छनौट भएको हो । ब्राजिल यसअघि नै छनौट भैसकेको थियो भने उरुग्वे समुहमा दोस्रो हुदै विश्वकपमा छनौट भएको छ । त्यस्तै कोलम्बियाले समुहमा चौथो हुदै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यस समुहबाट पेरु इन्टरकन्टिनेन्टल टिमसँग हुने प्ले अफका लागि छनौट भएको छ । पेरुको विश्वकपमा छनौट हुने सम्भावना जिवितै रहेको छ ।

त्यस्तै दक्षिण अमेरिकाको बलियो टिम चिली विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा चिली ब्राजिलसँग ३-० ले पराजित भएपछि समुहमा छैठौ स्थानमा पुग्दै विश्वकपबाट बाहिरिएको हो । 

दक्षिण अमेरिकी समुहबाट शिर्ष चार टिम सिधै छनौट हुने छन् भने पाचौ हुने टिम इन्टरकन्टिनेन्टल टिमसँग छनौट खेल खेल्नु पर्ने व्यवस्था रहेको छ । 
 

सम्बन्धित समाचार

रोनाल्डो र बेलको गोलमा रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा 

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड युएईको फुटबल क्लब अल जजिरालाई २-१ गोल अन्तरले पराजित गर्दै फिफा विश्व क्लब कपको फाइनलमा प्रवेश गरेको छ ।  गएराती भएको खेलमा रियलले क्रिस्टियानो रोनाल्डो

यस्तो छ विश्वकप फुटबलमा ‘ग्रुप अफ डेथ’ को इतिहास, रसिया विश्वकपमा कुन समुह बन्यो ग्रुप अफ डेथ ?  

काठमाडौँ । विश्वकप फुटबल भन्ने वित्तिकै कुन समुहमा को पर्यो र कसलाई सजिलो या गार्हो हुन्छ भन्ने विश्लेषण सुरु भइहाल्छ ।  आगामी जुन १४ देखि जुलाई १५ सम्म हुने विश्वकप फुटबल

रसिया विश्वकपमा अर्जेन्टिना कठिन समुहमा 

काठमाडौँ । आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलमा तुलनात्मक रुपमा अर्जेन्टिना रहेको समुह कठिन समुह देखिएको छ । यद्यपी समुह बि मा रहेका स्पेन र पोर्चुगलको चर्चा भइरहेपनि सो समुहमा

रसिया फुटबल विश्वकपको ड्र सार्वजनिक, कुन देश कुन समुहमा परे ?

काठमाडौँ । आगामी वर्ष रसियामा हुने फिफा विश्वकप फुटबलको ड्र मस्कोमा सार्वजनिक भएको छ । सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म हुने २१औँ विश्वकपको ड्र सार्वजनिक भएको हो