काठमाडौँ । पोर्चुगल स्विटजरल्याण्डलाई पराजित गर्दै विश्वकपका लागि सिधै छनौट भएको छ ।
युरोपियन समुहको समुह बि अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले अहिलेसम्म अपराजित रहेको स्विटजरल्याण्डलाई २-० गोलले पराजित गर्दै विश्वकपका लागि छनौट भएको हो ।
यो जितसँगै क्रिस्टियानो रोनाल्डोलाई रसिया विश्वकपमा देख्न पाइदैनकी भन्ने आशंकाको अन्त्य भएको छ ।
यस खेलमा एक गोल आत्मघाती गोल भएको थियो भने दोस्रो गोल पोर्चुगलका आन्द्रे सिल्भाले गरेका थिए ।
समुह बि मा पोर्चुगल र स्विटजरल्याण्ड १० खेलमा २७ अंक सहित बराबरीमा रहेपनि गोलअन्तरका आधारमा पोर्चुगल पहिलो हुदै विश्वकपका लागि सिधै छनौट भएको छ ।