• २०८१ बैशाख १५ शनिबार

कांग्रेसकी नेत्री डा आरजु देउवा बर्दियाको क्षेत्र नम्बर २ बाट पनि सिफारिस

kharibot

गुलरिया, बर्दिया । नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवा बर्दिया जिल्लाको क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्वत सिफारिस भएको छ । 

नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर २ तथा जिल्ला कार्य समिति बर्दियाले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा डा देउवासहित किशोर राठौर, अरुण राठौर र मालती सोडरीको नाम सिफारिस गरेको हो । 

त्यसैगरी समानुपातिकतर्फ नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको नाम सिफारिस गरेको नेपाली कांग्रेस बर्दियाले जनाएको छ । 

कांग्रेसकी नेत्री डा आरजु देउवालाई यस अघि कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)बाट पनि प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ । 

यो क्षेत्रमा डा राणाको पक्षमा सर्वसम्मति हुन नसकेपछि सांसदद्वय पुष्करनाथ ओझा र प्यारेलाल राना, प्रभावशाली नेता सुनिलकुमार भण्डारी, युवा नेता क्षितिज भण्डारी र गणेश देउवाको समेत नाम सिफारिस गरिएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै