• २०८१ बैशाख १४ शुक्रबार

सर्वोच्च अदालतद्वारा गोपाल खड्काको पक्षमा फैसला, काममा फर्किने बाटो खुल्यो  

kharibot

काठमाडौँ । नेपाल आयल निगमका प्रमुख गोपालबहादुर खड्कालाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । 

सर्वोच्चको यो आदेशसँगै खड्का आयल निगममा फर्किने बाटो खुलेको छ ।

भ्रष्टाचारमा मुछिएको भन्दै सरकारले गत असोज २ गतेको मन्त्रिपरिषदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । 

आइतबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्काको रिटमा सुनुवाइ गर्दै उनको माग अनुसार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

खड्काले पुनर्बहालीको अन्तरिम आदेश माग गर्दै असोज ४ गते सर्वोच्चमा रिट दिएका थिए । खड्काको मुद्दामा वरिष्ठ अधिवक्ता सूर्य ढंगेल, रामकृष्ण निराला, बाबुराम गिरी, नरेन्द्र गौतमले बहस गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै