• २०८१ बैशाख १४ शुक्रबार

नेप्से र वामपन्थी एकताको तालमेल मिलेन, ३२ अंकले घट्यो सेयरबजार

kharibot

काठमाडौं । वामपन्थी एकताको सकारात्मक प्रभाव सुरुको दिनमा देखिए पनि त्यसको प्रभाव केही दिन पनि टिक्न सकेन । साताको पहिलो कारोबार दिन आइतबार एकै दिन नेप्से ३२ दशमलव ६४ अंकले घटेर १५ सय १० दशमलव एक बिन्दुुमा झरेको छ । यसबिचमा नेप्से सेन्सिटिभ पनि छ दशमलव ९१ अंकले घटेर तीन सय १६ दशमलव ९६ बिन्दुुमा झरेको छ ।

कुुल एक सय ५२ कम्पनीहरुको चार हजार नौ सय ७९ वटा कारोबारमा नौ लाख ७२ हजार छ सय २४ कित्ता सेयर किनबेच भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुुंदा कारोबार रकम ४१ करोड ४९ लाख ९८ हजार नौ सय ८३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज सबैगरी कुुल नौ वटा समूहको कारोबार भएकोमा नौ वटैको कारोबार घटेपछि नेप्से पुरै रातो भएको छ । बीमा समूहको सूचक एकै दिन एक सय ९३ दशमलव १२ अंकले घटेर आठ हजार दुुई सय ६५ दशमलव २३ बिन्दुुमा झरेकोमा आठ करोड नौ लाख २९ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । वाणिज्य बैंक समूहको सूचक २८ दशमलव ८४ अंकले घटेर १३ सय तीन दशमलव ६७ बिन्दुुमा झरेकोमा १६ करोड ६५ लाख २९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सूचक पनि ५३ दशमलव आठ अंकले घटेर १८ सय ५५ दशमलव ९२ बिन्दुुमा झरेकोमा नौ करोड ४४ लाख ८० हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज जलबिद्युुत समुुहको सूचक पनि ३७ दशमलव ३९ अंकले घटेर १७ सय ९३ दशमलव ४२ बिन्दुुमा झरेकोमा दुुई करोड ८२ लाख ६० हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक होटल, टेडिङ, फाइनान्स, उत्पादनमुुलक र अन्य समूहको सूचकमा पनि आज गिरावट देखिएको छ ।

आज बढी कमाउने कम्पनीको सूचीमा परेको महुुली सामुुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य तीन रुपैयाँ ९८ पैसाले बढेर १७ सय २४ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा परेको ग्रामिण लघुवित्त विकास केन्द्रको सेयर मूल्य नौ रुपैयाँ ९२ पैसाले घटेर सात सय २६ रुपैयाँमा कारोबार भएको छ । यसैगरी रकम कारोबारका आधारमा अग्रस्थानमा परेको जनता बैंकको प्रतिकित्ता दुुई सय ४९ रुपैयाँ अन्तिम मूल्यमा एक करोड ५२ लाख ५४ हजार एक सय ४५ रुपैयाँको सेयर किनबेच भएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै