नुवाकोट कांग्रेसद्वारा उम्मेदवार सिफारिस, अर्जुन नरसिंह र रामशरण एकै क्षेत्रबाट  

खरीबोट

नुवाकोट । नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ । 

काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले शनिबार पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई ‘जम्बो’ उम्मेदवारका नाम समावेश गरिएको सूची बुझाएका हुन् । 

नुवाकोटमा कायम प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका लागि चार निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ आकांक्षीहरु धेरै भएपछि १४३ जनाको नाम बुझाएर अन्तिम निर्णय गर्ने अधिकार केन्द्रलाई दिएको छ । 

काँग्रेस नुवाकोटले प्रतिनिधिसभा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ अर्जुननरसिंह केसी, डा रामशरण महत र सरिता लामाको नाम प्रस्ताव गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १३ जनाको नाम समावेश गरिएको सभापति केसीले जानकारी दिए । 

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ महेन्द्र थिङ, गोविन्दप्रसाद थपलिया, विषम रिमाल, दीनेश खनाल, निलम उप्रेती र विनोद शाह रहेका छन् । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ २४ जनाको नाम समावेश छ । 

प्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ यमबहादुर थापा, भाग्यश्री लामा, रमेशकुमार महत, अर्जुनप्रसाद न्यौपाने, धनकुमारी थापा र कृष्णबहादुर लामाको नाम समावेश छ । प्रदेशसभा क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ २२ जनाको नाम प्रस्ताव गरी पार्टी केन्द्रीय सभापति देउवालाई बुझाएको काँग्रेस नुवाकोट सभापति केसीले जानकारी दिए । 

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ बाट प्रतिनिसधासभा प्रत्यक्षतर्फ जिल्ला सभापति केसी, बहादुरसिंह लामा तामाङ, डा प्रकाशशरण महत र हीरा पाण्डेलाई प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को समानुपातिकतर्फ नौ जनाको नाम प्रस्ताव गरी केन्द्रमा बुझाइएको छ । 

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष पार्टी जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, वैकुण्ठबहादुर पाण्डे, भूपेन्द्र बानियाँ, विष्णुराज नेपाल, दीपक लामा, जयराम दाहाल, मोहनबहादुर खड्का, सानुकान्छा नेपाल र उपेन्द्र बुढाथोकीलाई प्रस्ताव गरिएको छ । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १९ जनाको नाम प्रस्ताव गरिएको छ । 

प्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, भरत खड्का, शिव अधिकारी, गणेश वाइबा, सरिता अधिकारी र च्याउकीमाया तामाङको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फ २१ जनाको नाम सिफारिश गरिएको छ । 

केन्द्रीय सभापतिलाई बुझाइएको नामावलीमा क्षेत्रीय कार्यसमितिबाट प्रस्ताव भएको नाम पार्टीको केन्द्रीय कार्यसमतिको निर्देशनबमोजिम नभएको, पार्टीको १३औ महाधिवेशनमार्फत निर्वाचित जिल्ला सभापति, सचिव, जिल्लाबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने नाम समावेश नभएकाले जिल्ला कार्यसमितिले बाध्य भएर परिवर्तन तथा परिमार्जन गरेर बुझाएको जनाएको छ ।
 

सम्बन्धित समाचार

झापामा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार सिफारिस

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ ।  उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै

काँग्रेस धनुषाद्वारा उम्मेदवार सिफारिस, निर्वाचन क्षेत्र नं ३ मा निधिको नाममा मात्रै सर्वसम्मति !

महेन्द्रनगर, धनुषा, नेपाली काँग्रेस धनुषाले प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको छ । काँग्रेसका सभापति रामसरोज यादवले दिएको जानकारीअनुसार सबै उम्मेदवारको नामावली केन्द्रमा पठाइएको छ ।

राप्रपा इलामबाट उम्मेदवार सिफारिस, को को परे ?

इलाम । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामले पनि उम्मेदवार चयन गरेको छ ।  राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज

सप्तरी काँग्रेसद्वारा उम्मेदवार सिफारिस, को को परे ?

राजविराज । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस सप्तरीले उम्मेदवार सिफारिस गरेको छ ।  प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट हरेराम चौधरी, रामदेव साह, महेन्द्रप्रसाद यादव, २ बाट डा