• २०८१ बैशाख १४ शुक्रबार

दोलखा कांग्रेसद्वारा नेविसंघ महामन्त्री काफ्लेसहित ६ उम्मेदवार सिफारिस 

kharibot

दोलखा । दोलखा कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेसहित ६ जनाको नाम सिफारिस गरेको छ । 

सिफारिस हुनेहरुमा नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एंव पुर्व सभासद जिपछिरीङ लामा, कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्का, निवर्तमान सभापति तारा बहादुर कोइराला, पूर्वसभापतिहरु देवि न्यौपाने र उद्धबराज काफ्ले रहेका छन् ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ कांग्रेसले तीन जनाको नाम सिफरिस गरेको छ । समानुपातिकतर्फ सिफरिस हुनेहरुमा कांग्रेस दोलखाका पूर्वसभापति माधवमणिराज भण्डारी, पूर्वउपसभापति शान्तकृष्ण श्रेष्ठ र पूर्वमहाधिवेसन प्रतिनिधि वीरमान शेर्पा छन् ।

कांग्रेसले प्रदेशशभातर्फ प्रत्यक्ष र समानुपातिक तर्फ ४५ जनाको नाम सिफरिस भएको छ । दोलखा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफरिस हुनेहरुमा महासमिति सदस्य बर्मा लामा, नेता राजु उप्रेती, जिल्ला सदस्य श्याम प्रसाद उप्रेतीलगायत छन् । यस्तै समानुपातिकतर्फ नेताहरु चरित्र कुमार बम्जन गौरब, भबेन्द्र कार्की, आङ्पासाङ शेर्पा महिला नेतृहरु बिनिता अधिकारी, सिर्जना सुवेदीलगायत छन् ।

त्यस्तै क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ तरुण दलका पूर्वकेन्द्रीय सचिव ईश्वरनारायण मानन्धर पूर्वजिल्ला सचिव केशब चौलागाई पशुपति बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति एवं चर्चित विद्यार्थी नेता सन्तोष पाण्डे, क्षेत्रिय सभापति जयराम श्रेष्ठ, तरुण दलका नेता कुमार अधिकारी रेखा, नेविसंघ दोलखाका पूर्वअध्यक्ष राकेश श्रेष्ठलगायत छन् । त्यस्तै समानुपातिकतर्फ महासमिति सदस्य आङनिमा शेर्पा, सिमान्तकृत समुदायका नेता गोपिलाल थामी, महिला नेतृहरु रुपा श्रेष्ठ, रोदना घिमिरेलगायत छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै