• २०८१ बैशाख १५ शनिबार

पूर्वडिआइजी नवराज सिलवाल एमालेमा प्रवेश

kharibot

काठमाडौं । पूर्वडिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । आज काठमाडौँमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाउँदै एमाले प्रवेश गरेका हुन् ।

आफू प्रहरी महानिरीक्षक हुन पाउनुपर्ने जिकीर गर्दै सर्वोच्चमा दिएको निवेदन पनि आफ्नो पक्षमा फैसला नभएपछि उनले डीआईजीबाट राजीनामा दिएका थिए ।
प्रहरी स्रोतका अनुसार डिआइजी सिलवालको राजिनामा अझै स्वीकृत भएको छैन ।

यसअघि सिलवालले दशैंको टीका पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट लगाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै