• २०८१ बैशाख १५ शनिबार

चावहिल कप फुटबल शुक्रबारदेखि

kharibot

फाइल तस्विर

काठमाडौँ, चावहिल स्पोर्ट्स हाउसको आयोजनामा प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ३२ टिमको सहभागिता रहने आयोजक हाउसका प्रोप्राइटर गणेश पाण्डेले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

दसदिने प्रतियोगिताका खेलहरु गणेशथान, चावहिलमा हुनेछ । उद्घाटन खेल डि एकेडेमी र जेभियर इन्टरनेसनल कलेजबीच हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय