• २०८१ बैशाख १५ शनिबार

नारायणगढ–मुग्लिन सडकमा १८ पुल बन्ने

kharibot

फाइल तस्बिर

चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ । 

सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ । उहाँका अनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको काम अघि बढ्ने छ । 

अन्य १४ पुलका लागि नक्शांकनको काम भइरहेको छ । महाशाखा प्रमुख श्रेष्ठले भन्नुभयो “डिजाइन एण्ड बिल हुँदैछ । एक आधा महिनामा काम सकेर टेण्डरमा जान्छौँ ।” हाल ठेक्का भइसकेका चार पुलमा नारायणगढबाट १२ किमी दासढुंगा, १६ किमी खानी पुल, २२ किमी मौरी पुल र २९ किमी जलबिरे छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा हाल रहेका पुल छ मि मात्र चौडा छन् । अब बन्ने पुल ११ मि चौडा हुने छन् । 

पुलको दुवैपट्टि छेउमा एक दशमलव पाँच मिका दरले फुटपाथ रहने छ । पुराना पुललाई मर्मत गरी आवतजावत गर्न मिल्ने अवस्थामा राखिनेछ । बीचको भागबाट दुई. गाडी एकैसाथ आवतजावत गर्नसक्नेछन् । विभागका उपमहानिर्देशक श्रेष्ठले आउँदो दुई वर्षमा सबै पुल नयाँ बनिसक्ने बताउनुभयो । 

पुल निर्माणका लागि झण्डै रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ । सोमध्ये आधा रकम नेपाल सरकार र आधा रकम विश्व बैंकले लगानी गर्ने छन् । विश्व बैंककै लगानीमा हाल सो सडक विस्तारको काम भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै