• २०८१ बैशाख १५ शनिबार

वीरगन्ज महानगरमा फोरमका सरावगीले जित्ने सम्भावना बढ्यो, कांग्रेस १७ सय मतले पछाडी    

kharibot

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाको मतगणनाको पछिल्लो विवरण अनुसार संघीय समाजवादी फोरमका विजय सरावगीले जित्ने सम्भावना बढेको छ । हालसम्म ७८४२१ मत गणना हुँदा फोरमका सरवगीले कांग्रेसका अजय द्विवेदीलाई १७४० मतले पछाडी पारेका छन् ।

पछिल्लो परिणाम अनुसार फोरमका विजयी सरावगीले १८२३१ मत ल्याएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीले १६४९१ मत ल्याएका छन् ।  त्यस्तै राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले ११००१ मत ल्याएर पछाडी परेका छन् ।

त्यस्तै माओवादीका उम्मेदवार रह्बर अन्सारीले ७९३३ मत ल्याएका छन् भने एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले ८१८६ मत ल्याएका छन् । त्यस्तै लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार तथा पुर्वमेयर बिमल श्रीवास्तवले ७७६२ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले १८८८६ मत ल्याएर अगाडी रहेकी छन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १७३५९ मत ल्याएकी छन् । 

त्यस्तै एमालेकी सोफिया आचार्यले ९८०२ मत ल्याएकी छन् भने राजपाकी उम्मेदवार रम्भा मिश्राले ८९१५ मत ल्याएकी छन् । त्यस्तै फोरम लोकतान्त्रिककी उम्मेदवार अनिता देवी यादवले ६६९३ मत ल्याएकी छन् भने माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ४८२३ मत ल्याएकी छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै