• २०८१ बैशाख १४ शुक्रबार

बाराको कलैया उपमहानगरपालिकामा कांग्रेस विजयी 

kharibot

बारा । बाराको कलैया उपमहानगरपालिकामा कांग्रेस विजयी भएको छ ।

मत गणना सुरु भए देखि नै अग्रता हासिल अग्रेको एमाले अन्त्यमा १८७ मतले पराजित भएको छ । कलैया उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार राजेश यादव विजयी भएका छन् । यादवले १०९०३ मत ल्यायाए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोदप्रसाद साहले १०७१६ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार रहिमा खातुन विजयी भएकी छन् । उनले १०५३७ मत ल्याइन भने उनकी निकटतम प्रतिद्वन्दी एमालेकी प्रतिमा यादवले १०३७२ मत ल्याएकी छन् । 

यो जितसँगै प्रदेश नम्बर २ मा कांग्रेसले ४० स्थानीय तहमा जित हासिल गरेको छ । १३६ मध्ये १३४ स्थानीय तहको नतिजा सार्वजनिक भइसक्दा कांग्रेसले ४०, संघीय समाजवादी फोरम नेपालले २५, राजपाले २४, माओवादी केन्द्रले २१ र एमालेले १८ स्थानमा जितेका छन् । त्यस्तै लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्ति नेपालले १ स्थानमा जितेका छन् । 

अब अन्तिम परिणाम सार्वजनिक हुन वीरगञ्ज महानगरपालिका र राजविराज नगरपालिका रहेका छन् । जसमा संघीय समाजवादी फोरम र राजपाले अग्रता लिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै