क्लब छोड्ने भएपछि बार्सिलोनाले हटायो नेइमारको पोष्टर  

खरीबोट

बार्सिलोना छोड्ने निश्चित भएपछि बार्सिलोना क्लबको पर्खालमा लगाइएका नेइमारका पोष्टर हटाइएको छ । नेइमार पिएसजी जाने निधो भएको केहि घन्टामै बार्सिलोनाले नेइमारको पोष्टर हटाएको हो ।

तस्विरमा बार्सिलोनाका कर्मचारीले नेइमारको पोष्टर हटाउदै गरेको देखिएको छ । सन् २०१३ मा बर्जिल्को सान्तोष क्लबबाट बार्सिलोना आएका नेइमार अहिलेसम्मकै महँगो ट्रान्सफर फि मा पिएसजी जान लागेका छन् ।

नेइमार हाल मेडिकलका लागि पिएसजीका खेल निर्देशकसँग पोर्चुगलको शहर पोर्टोमा गएका छन् । नेइमारले बुधबार बार्सिलोनाका आफ्ना साथीहरुलाई अन्तिम भेट गरेर पोर्टोतर्फ लागेका थिए ।

नेइमारका अत्यन्त नजिक रहेका अर्जेन्टिनी खेलाडी लियोनेल मेसीले भावुक सन्देश दिदै नयाँ जीवनका लागि शुभकामना दिएका छन् । मेसीले पछिल्ला बर्ष नेइमारसँग विताएका खुशीका पल सम्झिदै नेइमारलाई सधै माया गर्ने उल्लेख गरेका छन् । 

पिएसजीले नेइमारसँग सम्झौता हुनासाथ नेइमारको फ्रान्समा भव्य स्वागत गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।  
 

सम्बन्धित समाचार

गिरोनाविरुद्ध बार्सिलोनाको गोल बर्षा, स्वरेजको ह्याट्रिक, मेसीले दुई गोल 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले गिरोनाविरुद्ध गोलको वर्षा गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले गिरोनाविरुद्ध ६-१ गोल अन्तरले जित हासिल गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वरेजले ह्याट्रिक

गिरोनाको बार्सिलोनालाई चुनौती, गार्डीयोवालाको रेकर्ड तोड्ने म्यानेजर इर्नेस्टोको तयारी !

काठमाडौं । यस सिजनमा बार्सिलोना ला लिगा जित्ने दौडमा सबै भन्दा अगाडी छ । तर पछिल्ला खेलका प्रदर्शनले बार्सिलोनाको चिन्ता केहि बढाएको भने अवश्य छ । पछिल्ला ५ खेलमा बार्सिलोनाले

मिडफिल्डर रोबोर्टो २०२२ सम्म बार्सिलोनामै रहने 

काठमाडौँ । बार्सिलोनाका मिडफिल्डर सर्जी रोबोर्टोले २०२२ सम्म बार्सिलोनामै रहने गरि आफ्नो सम्झौता नवीकरण गरेका छन् ।  बार्सिलोना छोडेर म्यान्चेस्टर सिटी जाने हल्लाका बीच रोबोर्टोले बार्सिलोनासँग सम्झौता नवीकरण गरेका हुन् ।  २६

रोनाल्डो बिना रियलको सजिलो जित, बार्सिलोनासँगको दुरी घटायो

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले  जित हात पारेको छ । गएराती भएको खेलमा लेगानेसलाई ३–१ ले हराउँदै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेगानेसको मैदानमा भएको खेलमा