• २०८१ बैशाख १४ शुक्रबार

वीरगन्ज महानगरपालिकामा फोरमका सरावगीले अग्रता बढाए      

kharibot

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार कांग्रेसलाई पछि पर्दै संघीय समाजवादी फोरमका विजय सरावगीले आफ्नो अग्रता बढाउदै लागेका छन् । फोरमका सरवगीले कांग्रेसका अजय द्विवेदीलाई ९८४ मतले पछाडी पारेका छन् ।

पछिल्लो परिणाम अनुसार फोरमका विजयी सरावगीले १४३१२ मत ल्याएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीले १३३२८ मत ल्याएका छन् ।  त्यस्तै राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले ८९२२ मत ल्याएर पछाडी परेका छन् ।

त्यस्तै एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले ६७९४ मत, माओवादीका उम्मेदवार रह्बर अन्सारीले ६३२८ मत ल्याएका छन् भने लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ५०८५ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले १५११३ मत ल्याएर अगाडी रहेकी छन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १३३६३ मत ल्याएकी छन् । 

त्यस्तै एमालेकी सोफिया आचार्यले ७९३६ मत ल्याएकी छन् भने राजपाकी उम्मेदवार रम्भा मिश्राले ७६६० मत ल्याएकी छन् । त्यस्तै फोरम लोकतान्त्रिककी उम्मेदवार अनिता देवी यादवले ४१२४ मत ल्याएकी छन् भने माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ३९३२ मत ल्याएकी छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै