• २०८१ बैशाख १५ शनिबार

बाराको कोल्हवी नगरपालिकामा जितेसँगै एमाले १८ स्थानीय तह जित्यो (सुची सहित) 

kharibot

काठमाडौँ । बाराको कोल्हवी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । एमालेका उम्मेदवार भारत बहादुर भण्डारीले मेयर पदमा जितेका छन् । भण्डारीले कांग्रेसका मुरलीधर प्रसाद चौधरीलाई पराजित गरेका छन् ।

त्यस्तै उपमेयरमा पनि एमालेकै सुनैना चौधरी विजयी भएकी छन् । चौधरीले कांग्रेसकी सुबह्द्र धिमाललाई पराजित गर्दै उपमेयर बनेकी छन् ।

यो जित सँगै प्रदेश नम्बर दुईमा एमालेले १८ स्थानीय तहमा जित हासिल गरेको छ । एमाले बाराकै कलैया उपमहानगरपालिकामा पनि अगाडी रहेको छ ।

एमालेले जितेका स्थानीय तह :

१.    सप्तकोशी नगरपालिका, सप्तरी
२.    कञ्चनरुप नगरपालिका, सप्तरी 
३.    बटेश्वोर गाँउपालिका, धनुषा 
४.    मिथिला विहारी नगरपालिका, धनुषा
५.    मिथिला नगरपालिका, धनुषा  
६.    मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
७.    नरहा गाँउपालिका, सिराहा 
८.    सखुवानान्कारकट्टी गाउँपालिका. सिरहा 
९.    सुखिपुर नगरपालिका, सिरहा
१०.    लहान नगरपालिका, सिरहा 
११.    पटेर्वा सुगौली गाउँपालिका, पर्सा
१२.    जिराभवानी गाँउपालिका, पर्सा 
१३.    लालबन्दी नगरपालिका, सर्लाही
१४.    हरिवन नगरपालिका, सर्लाही
१५.    हरिपुर नगरपालिका, सर्लाही 
१६.    ईश्वरपुर नगरपालिका, सर्लाही 
१७.    जितपुर सिमरा उपमहानगरपालिका, बारा
१८.    कोल्हवी नगरपालिका, बारा   
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै