• २०८१ बैशाख १४ शुक्रबार

कानुनको पढाई छोडेर पोर्नमा लागेकी इला 

kharibot

पोर्न स्टार इला हज, तस्बिर : बिबिसी थ्री

लन्डन । इला हज ब्रिटेनकी एक पोर्न स्टार हुन् । इलाले हालै बिबिसीसँग कुरा गर्दै आफ्नो जीवनको बारेमा बताएकी छन् । पोर्न स्टार बन्न कानुनको पढाई छोडेकी इलाले बिबिसीसँग गरेको कुराकानीको सम्पादित अंश :

म अहिले २२ बर्षकी भए । पछिल्लो तीन बर्ष देखि म पोर्न फिल्ममा काम गरिरहेकी छु । म् हमेशा सोच्थेकी म एक वकिल बनु । तर युनिभर्सिटीमा पहिलो बर्ष कानुनको अध्ययन गर्ने क्रममा मेरो सोचाई बदलियो । 

मैले जमेर मिहिनेत गरिरहेकी थिए । हरेक दिन ७-८ घण्टा लेक्चर लिएर पढिरहेकी थिए । तर सँगसँगै पैसा कमाउने नयाँ बाटो निस्कियो ।

खासमा मलाई पैसाको जरुरी थिएन ।मैले एजुकेशन लोन पाएकी थिए तर म कसै प्रति पनि परनिर्भर हुन् चाहन्नथे । म जहिले पनि पैसाको मामिलामा आत्मनिर्भर हुन् चाहन्थे । 
यसै बीच  मेरी एक साथीले मोडलिङ गरेर पैसा कमाउने कुरा गरिन् । उसले फोटोग्राफरसँग आफ्नो तस्बिर खिचाएर पोर्टफोलियो बनाउने सल्लाह दिई र मैले पनि सो अवसरलाई छोडिन ।

सुरु सुरुमा मैले कपडा मै मोडलिङ गरे । तर पछि मैले अन्डरवियरमा शुटिङ गरे । यी तस्बिरहरु ति पत्रिकाका लागि गर्थे जो पोर्न कम्पनीहरुले सम्पर्क गर्दथे ।

उनीहरुले मलाई सोध्द्थे की पोर्न उद्योगमा काम गर्छौ भनेर । मैले यस विषयमा करिब ३-४ महिना सोचे र म पोर्न उद्योगमा काम गर्ने निष्कर्षमा पुगे किनकी यो निकै सजिलो थियो ।
मेरो निर्णय प्रति म आफै जानकार थिएकी एक पटक पोर्न उद्योगमा गए भने म फर्केर आउँ सक्दिन र वकिल बन्न पनि सजिलो हुने छैन । 

म हमेशा यौनको मामिलामा खुल्ला छु । म धेरै जसो वयस्कहरुको पार्टीमा जाने गर्दथे । मलाई सेक्स गर्न अत्यन्त मन पर्छ । यसैले मैले पोर्नमा जाने निर्णय गरे । माले सोचेकी थिए की मेरो भिडियो कसैले कहिल्लै देख्न पाउने छैन तर सत्य के भयो भने मेरी पहिलो भिडियो नै लाखौ मानिसहरुले हेरे ।

मलाई सेस भिडियो सुट गर्ने पुरा प्रक्रिया अत्यन्त राम्रो लाग्छ । मलाई यसमा कुनै अप्ठ्यारो लाग्दैन की मैले सेक्स गर्दै गरेको भिडियो अरुले हेर्दछन । म सेक्सलाई लिएर पहिला देखि नै सहज थिए । यो केबल २० मिनेटको खेल हो । मैले जति सेक्स गर्दथे त्यति नै प्रेममा डुब्दथे । मैले हरेक महिना करिब १५ सिन सुटिङ गर्न सुरु गरे ।

मैले कानुनको पढाईसँगै यस्तो काम एक बर्षसम्म गरे । तर मैले पढाई र कामलाई सन्तुलन बनाउन गाह्रो भैरहेको थियो । मेरो अनलाइन प्रोफाइल एक पोर्न स्टारको भैसकेको थियो । मलाई यो निर्णय गर्नु थियो की म आफ्नो कानुनको पढाई या पोर्न एक मात्र मसँग हुने भए ।

मैले पढाईलाई छोडेर पोर्नलाई रोजे । यो कुनै सजिलो फैसला थिएन । पोर्नबाट एक शुटिनङको ६० हजार देखि डेढलाख सम्म कमाइ गर्न सकिन्थ्यो । अझ अमेरिकामा त साढे दुई लाख सम्म कमाउन सकिन्छ । मैले सोचेकी जबसम्म कानुनको पढाई सकिन्छ तबसम्म त मैले आफ्नो एक घर किन्न सक्छु । 

मलाई थाहा थियो वकिल भए बहने एक सालमा लाखौ कमाउन सकिन्छ तर यसको लागि बारको परीक्षा पास हुनु पर्दथ्यो जुन सजिलो थिएन । अनि युनिभर्सिटी सकिए पछि कुनै जागिर पाइने ग्यारेन्टी पनि थिएन । त्यसैले मैले कानुन पढ्नु मेरो भाग्यमा छैन भनेर पार्नमा जाने निर्णय गरे ।

अहिले मैले आफ्नो वेभसाइटको काम गर्दै छु । आजको दिनमा ट्वीटरमा मेरा ९० हजार फलोअर छन् भने त्यतिनै इन्स्टाग्राममा पनि । मैले पूर्वी लन्डनमा एक फ्ल्याट किनेकी छु । आगामी जनवरीमा म अमेरिअक जाने तयारीमा छु । मेरो अमेरिकामा कुनै सेटअप छैन तर एउटा प्रोफाइल बनाउने कोशिश गरिरहेकी छु ।

पार्नका नकारात्मक पक्ष पनि छन् । हामी हरेक हप्ता एसटिआइ चेक गराउनु पर्दछ । हामी यसबाट बच्न कन्डोमको प्रयोग गर्न सक्दैनौ । हामीलाई अनलाइनमा गाली गरिन्छ, प्रताडित गरिन्छ ।

मेरा लागि त्यति बेला निकै निराशाजनक हुने गर्दछ जब मेरा परिवारलाई यसमा टार्गेट गरिन्छ । अब त मैले कल्पना पनि अग्रण सक्दिन की म फेरी कानुनको पढाइमा फर्कु । अहिले सोच्दा म वकिल बनेको भए मेरो जीवन निकै निराशाजनक हुने थियो ।

मैले त्यस्तो काम गरेकी छैन जसबाट मलाई खुशी नमिलोस । सेक्स सिन सुटिंग गर्दा एक निर्देशक चाहन्थे की एक पुरुष सेक्सको क्रममा मलाई थप्पड हानुन् तर मैएल यस्तो गर्न सिधै इन्कार गरे र सेट छोडेर जाने धम्कि दिए । 

मेरो परिवारलाई मेरो पेशाको बारेमा त्यति बेला थाहा भयो जब कसैले मेरी हजुरआमालाई अनलाइन म्यासेज पठाई दियो । उसले के तपाईलाई थाहा छ तपाइँको घरमा पोर्न स्टार पनि छ भनेर ? भन्ने सन्देश पठाएको थियो ।

मैले मेरो पेशा बारे घरमा आफै बताउन चाहन्थे । संयोगवश मेरो पेशा बारे घरमा थाहा भएपछि उनीहरुले मेरो साथ् दिए । मेरी आमाले तिमीले हामीलाई सिधै बताएको भए हुने थियो भन्दै तिमि कहिले सम्म सुरक्षित र खुशी हुन्छु त्यो कुराले अर्थ लाग्छ भनिन् ।

मेरा धेरै साथीहरु छैनन् । म जे छु आफै छु । सामाजी क्रुप्मा म फिट हुदिन । म बाहिर गएर ड्रिंक गर्न मन पराउदिन । मलाई लाग्छ की मेरो उमेरका मानिसहरु अपरिपक्क छन् । 
मलाई थाहा छ की पोर्न एक कलंक हो । म महिलावादी हु र पार्नलाई तल वा नराम्रो देखाएको सँग म सहमत छैन । म यसबाट भएको फाइदालाई आफ्नो जीवनसँग जोडेर हेर्छु ।

मैले कहिल्लै सोचेकी छैन की म पोर्न उद्योगबाट बाहिर जान्छु । मैएल कुनै बोझ लिएर जीवन जिउने कुरामा भरोसा गर्दिन । साच्चै भन्दा म पोर्न बिना आफ्नो जीवन कल्पना पनि गर्न सक्दिन ।   
      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै