• २०८१ बैशाख १५ शनिबार

चाँदीका गहनासहित भारतीय पक्राउ

kharibot

बागलुङ ।   साढे चार किलो अवैध चाँदीका गहनासहित भारतीय नागरिक सुरेन्द्र साह पक्राउ परेका छन् । 

भारतको मोतीहारी जिल्ला औराहियाठाना–४ आदापुर घर भएका ५१ वर्षीय साहलाई आइतबार साँझ बागलुङ सदरमुकामबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

करिब रु तीन लाख २० हजार मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित साह पक्राउ परेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए । साहले भारतको रक्सौलबाट अवैध चाँदीका गहना ल्याई बागलुङका व्यापारीलाई बेच्ने गरेको उनको  भनाइ छ । 

बरामद भएको गहनामा ५० प्रतिशत मात्र सक्कली चाँदी प्रयोग भएको प्रहरीले जनाएको छ । प्रहरीले साहमाथि थप अनुसन्धान अघि बढाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै