• २०८१ बैशाख १४ शुक्रबार

एएफसी यू-१६ च्याम्पियनसिपमा नेपालको सम्भावना समाप्त 

kharibot

काठमाडौँ । एएफसी यू-१६ च्याम्पियनसिपको छनौट चरणअन्तर्गत समूह 'डी'मा रहेको नेपालको अन्तिम चरणमा छनौट हुने सम्भावना सकिएको छ ।

समूहको अन्तिम चरणको पहिलो खेलमा समुह डी अन्तर्गत इराक र भारतको खेल विना कुनै गोलरहित बराबरीमा सकिएपछि नेपालको सम्भावना सकिएको हो । 

इराक र भारतसँगको खेल बराबरी भएपछि इराक ७ अंक बोकेर समूह विजेता बन्दै अन्तिम चरणमा छनोट भएको छ भने ५ अंक बोकेको भारत समूह उपविजेता बनेको छ । भारतको छनोटको टुङ्गो भने नेपाल र प्यालेस्टाइनको खेलको नतिजामा भर पर्नेछ ।

नेपालले प्यालेस्टाइनलाई पराजित गरे, भारतको छनोट हुने सम्भावना कम हुनेछ । तर, प्यालेस्टाइनविरुद्ध नेपाल पराजित भएमा, भारत पनि छनोटमा दावेदारका रुपमा उभिनेछ । नेपाल र प्यालेस्टाइनको खेल आज दिउँसो ३:३० बजे सुरु हुदै छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै