• २०८१ बैशाख १४ शुक्रबार

राजविराज नगरपालिकाको मतगणना स्थगित

kharibot

राजविराज ।  सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित भएको छ । 

राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए । 

सो विवाद उत्पन्नपछि निर्वाचन कार्यालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको उनले बताए । 

राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिका राखिएको छ । 

यसैबीच जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको र छलफलमा सहमति भए आजैबाट मतगणना पुनःसञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै