• २०८१ बैशाख १५ शनिबार

बलिवुड अभिनेता दिलिपकुमार अस्पताल भर्ना  

kharibot

तस्विर: ट्वीटर/दिलिपकुमार

मुम्बई. बलिवुडका चर्चित अभिनेता दिलिप कुमार अस्वस्थ भएका छन् ।

दिलिप कुमारलाई युरिन इन्फेक्सन र डी हाईड्रेशनका कारण मुम्बई स्थित लिलावती अस्पतालमा बह्रना गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ९४ बर्षका दिलिप कुमारको अस्पतालमा विभिन्न टेस्ट गरिएको र अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ ।

पिटीआइका अनुसार उनको अवस्था सामान्य रहेको र अहिलेसम्म आइसीयुमा राख्नु नपरेको उल्लेख गरेको छ । हाल दिलिप कुमार डाक्टरको रेखदेखमा रहेको अझै केहि दिन अस्पातलमा नै बस्नु पर्ने हुनसक्ने उनका आफन्तले बताएको उल्लेख गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै