काठमाडौँ, रेखा थापा र आर्यन सिग्देलको फिल्म ‘रुद्रप्रिया’ को भिडियो गीत सार्वजनिक भएको छ। ‘मेरो माया छ भने रुमाल चिनो देउ’ बोलको गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो ।
आगामी कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने फिल्म रुद्रप्रियाको यस गीतमा रेखा थापा, आर्यन सिग्देल र राजन इसानले अभिनय गरेका छन् । गीतमा राजनराज सिवाकोटीको संगीत र स्वर रहेको छ भने गायिका मेलिना राईको समेत स्वर रहेको छ ।
लगभग सात वर्षपछि सँगै भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका छन् । फिल्मको निर्माण सरस्वती थापा र रमेश एमके पौडेलले गरेका छन्।