• २०८१ बैशाख १४ शुक्रबार

वीरगन्ज महानगरपालिकामा राजपाको अग्रता कायमै, कांग्रेस पछ्याउदै 

kharibot

वीरगन्ज ।  वीरगन्ज महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार राजपाले आफ्नो अग्रता कायम राखेको छ । वीरगन्ज महानगरपालिकामा राजपा र कांग्रेसबीच कडा प्रतिष्पर्धा देखिएको छ । 

पछिल्लो परिणाम अनुसार राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले २०१४ मत ल्याएर अग्रता बनाइरहेका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीले १७८९ मत ल्याएर राजपालाई पछ्याइरहेका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमका विजयी सरागवीले ९४६ मत ल्याएका छन् । त्यस्तै एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले ६११ मत ल्याएका छन् बने लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ५१६ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा पनि राजपाकी उम्मेदवार रम्भा मिश्राले १९५८ मत ल्याएर अगाडी रहेकी छन् बहने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले १८८९ मत ल्याएकी छन् ।

त्यस्तै संघीय समाजवादी फोरमकी पिंकी यादवले ८३० मत ल्याएकी छन् भने एमालेकी सोफिया आचार्यले ७२० मत ल्याएकी छन् । फोरम लोकतान्त्रिककी उम्मेदवार अनिता देवी यादवले ४३१ मत ल्याएकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै