• २०८१ बैशाख १४ शुक्रबार

गोपाल खड्काद्वारा सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दर्ता

kharibot

काठमाडौं । बर्खास्तमा परेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आफूलाई पुनर्बाहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै खड्काले दायर गरेको रिट निवेदनमा आफूलाई स्पष्टीकरण दिने मौका समेत नदिई हटाइएको भन्दै निर्णय खारेजीका लागि उत्प्रेषणको आदेश माग गरिएको छ ।

खड्काले वारेस मोतिलाल तामाङमार्फत् सर्वोच्चमा रिट दायर गरेका हुन् । 

आयल निगमको जग्गा खरिद लगायतका गतिविधिमा संलग्न भएको भन्दै गत सोमबारको मन्त्रिपरिषद बैठकले खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको थियो 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै