• २०८१ बैशाख १४ शुक्रबार

८८ केजी सुन प्रकरणमा ५ सुन व्यवसायी पक्राउ 

kharibot

फाइल तस्बिर

काठमाडौं । राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुन प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले थप पाँच जना सुन व्यावसायीलाई नियन्त्रणमा लिएको छ। 

काठमाडौंको रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त बडू, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।

प्रहरी टोलीले ८८ केजी सुनसहित काठमाडौँको क्षेत्रपाटीमा गाडी पार्किङ गरिहरेको अवस्थामा चालक मनोज अधिकारीसहित नियन्त्रणमा लिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै