अण्डाको मूल्य घट्यो

खरीबोट

चितवन। चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ । नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट (३० वटा) ठूलो अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य रु ३३० कायम गरिएको हो ।

मध्यम आकारको अण्डाको खरिद मूल्य प्रतिक्रेट रु २७० कायम गरिएको सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिए । खरिद मूल्यमा रु पाँच बढी लिएर बिक्री गर्ने चलन छ । उपभोक्ताले अण्डालाई बढी नै मूल्य तिरे पनि किसानले केही महिनायता निरन्तर कम मूल्य पाउँदै आएका थिए ।

अध्यक्ष केसीका अनुसार चार महिनाअघि ठूलो अण्डाको खरिद मूल्य प्रतिक्रेट रु ३६० सम्म थियो भने मझौला अण्डाको किसानले प्रतिक्रेट रु ३३० मूल्य पाएका थिए ।

काठमाडौँबाट सर्वसधारण बाहिरिनु, सोह्र श्राद्धका कारण खपत कम हुनु, पहाडी क्षेत्रमा अण्डा पु¥याउन नसक्नु लगायतका कारण माग घटेसँगै अण्डाको मूल्य समायोजन गरिएको हो । दशैंको पूर्णिमापछि पुनः मूल्य वृद्धि हुने उनले बताए । लागत मुल्य बढ्ने र अण्डाको मुल्य घट्दा कृषक चिन्तित बनेका छन् । लेयर्स कुखुराको चल्लाको मूल्य प्रतिगोटा रु १७० पुगेको छ ।

दाना, औषधि, मजदुर, ढुवानी लगायतको मूल्य बढेकाले अण्डाको हालको मूल्यले लागत धान्न मुस्किल पर्ने सङ्घका महासचिव त्रिलोचन कँडेलले बताउनुभयो । उपभोक्ता मूल्य प्रतिगोटा रु १४ रहेको छ नेपालमा हाल दैनिक २० लाख गोटासम्म अण्डा उत्पादन हुन्छ ।

चार वर्षअघि नेपालमा दैनिक २५ लाख गोटासम्म अण्डा उत्पादन हुने गरेको सङ्घका अध्यक्ष केसीले बताए । कुखुरामा देखिने घातक रोग बर्ड फ्लुको प्रकोपले किसान विस्थापित हुँदा अण्डा उत्पादन घट्दै गएको हो । जमिन खण्डीकरण हुँदै जानु र अन्य रोगको प्रकोप बढ्नुले कुखुरा पाल्ने किसानको सङ्ख्या घट्दै गएको छ ।

सम्बन्धित समाचार

अण्डाको मूल्य घट्यो

चितवन। चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ । नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट (३० वटा) ठूलो अण्डाको फार्मबाट किसानले बिक्री गर्ने

दक्षिण-पश्चिम चीनको यस्तो भीर जसले हरेक ३० वर्षमा ‘अण्डा’ पार्छ !

चीन। भूगर्भशास्त्रीहरुले एउटा अनौठो भीरमा हुने घटनाको समाधान निकालेको दाबी गरेका छन् । दक्षिण—पश्चिम चीनको ग्विझाउ प्रान्तमा रहेको क्विन्नाम बुयेई र मियाओ स्वशासित क्षेत्रको गुनु भन्ने गाउँमा रहेको एउटा भीरबाट हरेक

तयार भयो १० हजारवटा अण्डाको विशाल अमलेट !

बेल्जियम । यो संसारका कुना कुनामा आआफ्नै परम्परा र रीतिरिवाजहरु चलिआएका छन् । ती सबैबारे थाहा पाउँदा अचम्म लाग्छ । यस्तै रोचक परम्परा चलिआएको छ बेल्जियममा । बेल्जियमको एक सहरमा विगत