• २०८१ बैशाख १५ शनिबार

धम्की दिइरहे उत्तर कोरियालाई ध्वस्त गर्नुबाहेकको अरु विकल्प छैन – राष्ट्रपति ट्रम्प 

kharibot

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक पर्यो भने उत्तर कोरियालाई समाप्त पार्न तयार रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७२औ महासभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले परमाणु खतरा प्रति विश्वलाई सचेत गराउदै उत्तर कोरियाले अमेरिकालाई धम्कि दिएमा अमेरिकासँग उसलाई धवस्त गर्नु बाहेको अन्य विकल्प बाँकी नहुने बताएका छन् । 

विश्वमा बढी रहेको आतंकवाद प्रति लक्षित गर्दै राष्ट्रपति ट्रम्पले आतंकवादीहरुले सबै ताकत जुटाएर पुरा विश्वमा फैलिसकेको बताए । उनले आतंकवादको विरुद्ध एकजुट भएर लड्न पनि आव्हान गरेका छन् ।

राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघको बजेटमा अमेरिकाले कटौती गर्न सक्ने संकेत गर्दै १९७ देश अहेको राष्ट्र संघमा अमेरिकाले मात्र २२ प्रतिशत खर्च बेहोरेको भन्दै हामी एकतर्फी सम्झौतामा रहको र लगानी गरे वापत केहि नपाएको बताएका छन् ।

अमेरिकी जनताले आफुलाई अधिकार दिन नभई अमेरिकी जनतालाई थप बलियो बनाउन जिताएको बताउदै उनले राष्ट्रपतिको रुपमा आफुले सधै अमेरिकालाई अगाडी राख्ने बताए । साथै उनले विश्वका नेताहरुलाई पनि आफ्नो देशलाई सधै अगाडी राख्न आव्हान पनि गरे ।

राष्ट्रपति ट्रम्पले युक्रेन, दक्षिणी चिनियाँ सागरमा आउने चुनौतीलाई समान गर्ने बताए ।उनले सिरियाको समस्या समाधान गर्न चाहेको बताउदै यसलाई राजनीतिक रुपमा समाधान गरेर सिरियाली जनताको सम्मान गर्नुपर्ने बताए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक राष्ट्रसँगको महासभालाई सम्बोधन गरेका हुन्   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय