सबैखाले आणविक हतियारको विपक्षमा नेपाल, उत्तरको मिसाइल परीक्षणको विरोध

खरीबोट

काठमाडौं । नेपालले गत शुक्रबार उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणप्रति दुःख व्यक्त गरेको छ । उत्तर कोरियाले गत शुक्रबार बिहानै जापानको आकाश हुँदै प्रशान्त महासागरमा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उत्तरको यस कार्यको विरोध गरेको हो । विज्ञप्तिमा सबैखाले महाविनाशक हतियारको पूर्ण निःशस्त्रीकरण गर्नुपर्ने भन्दै नेपालले पछिल्लो समययता उत्तरबाट हुँदै आएको परीक्षणको विरोध गरिएको छ ।  नेपाल कोरियन पेनिनसुलामा शान्ति र स्थायित्व चाहन्छ, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, आणविक हतियारविरुद्ध राष्ट्रसंघको गत जुलाई सम्मेलनले स्वीकार गरेको सन्धिमा नेपालले पनि हस्ताक्षर गर्ने भएको छ । आगामी मंगलबारदेखि न्युयोर्कमा सुरु हुने महासभामा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

 

सम्बन्धित समाचार

नेपाल र भारतका सुुरक्षा प्रमुुखको बैठक सम्पन्न

रौतहट । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर नेपाल र भारतका सिमावर्ती क्षेत्रका सुुरक्षा प्रमुखकोे बैठक भारतको सीतामढीमा सम्पन्न भयो ।  सो दुुईपक्षीय बैठकमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा

नेपालगन्ज म्याराथनको उपाधी जुम्लाका बुढाले उचाले

नेपालगन्ज । नेपालगन्ज म्याराथन–२०१७ को उपाधी जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् ।  क्रियटिभ ह्याण्ड्स संस्थाले आयोजना गरेको सो म्याराथन दौड प्रतियोगितामा नेपाली सेनाका खडकबहादुर खडका र सशस्त्र प्रहरी बलका गणेशसिंह ठकुरीले

समृद्ध नेपाल र सुखी नेपालका लागि वामपन्थी गठबन्धन : अध्यक्ष ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि वामपन्थी गठबन्धन बनेको बताउनुभएको छ ।  संयुक्त वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभा एवं बृहत

२ खर्ब ८० अर्बको बैदेशिक व्यापारमा नेपालको निर्यात २० अर्ब !

काठमाडौँ । नेपालले वार्षिक रुपमा बैदेशिक व्यापारमा व्यहोर्दै आएको व्यापार घाटा चरम विन्दुमा पुगेको छ । सरकारले आयातालाई प्रतिस्थापन गर्ने नीति अघि सारेपनि त्यसको प्रभाव नदेखिएको बैदेशिक व्यापारमा नेपालबाट निर्यात