• २०८१ बैशाख १४ शुक्रबार

हङकङमाथि नेपाली युवा टोलीको शानदार जितको फोटो फिचर 

kharibot

काठमाडौँ ।  नेपालले मलेसियामा जारी पूर्वी क्षेत्रको अन्डर १९ एशिया कप क्रिकेट छनौट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिता मात्र जितेन अन्डर १९ एशिया कपमा पनि विजेता हुदै छनौट भएको छ । 

यस छनोट प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको छ । उत्कृष्ट खेलाडीको सुचिमा पनि नेपाली खेलाडीहरुकै दबदबा रहेको छ ।

धेरै विकेट लिने बलरको शिर्ष ३ स्थानमै नेपाली बलर रहेका छन् । नेपालका शेर वार्न भनेर चिनिने सन्दिप लामिछाने प्रतियोगितामा १६ विकेट लिएर धेरै विकेट लिने खेलाडीको सुचिमा शिर्ष स्थानमा रहेका छन् । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले पनि प्रतियोगितामा १३ विकेट लिएका छन् । उनि दोस्रो स्थानमा छन् बहने तेस्रो स्थानमा पवन सराफ छन् जसले ८ विकेट लिएका छन् ।

त्यस्तै ब्याटिङतर्फ नेपालका सन्दिप सुनारले प्रतियोगितामा दोस्रो धेरै रन  बनाएका छन् । सुनवारले ५ खेलमा १४० रन बनाए । त्यस्तै अर्का ब्याट्सम्यान अनिल कुमार शाहले प्रतियोगितामा १२५ रन बनाउदै चौथो स्थानमा रहे भने असिफ शेखले १०१ रन बनाउदै पाचौ स्थानाम रहेका छन् ।

नेपाली युवा क्रिकेट टिमको जितका तस्विर हेरौ  : 

तस्बिर : एशियन क्रिकेट काउन्सिल 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै