• २०८१ बैशाख १४ शुक्रबार

‘जन्मजात बाहुनको विज्ञप्ति’ लोकार्पण

kharibot

काठमाडौँ । कवि प्रोल्लास सिन्धुलीयको कविता संग्रह ‘जन्मजात बाहुनको विज्ञप्ति’ सार्वजनिक गरियो । 

सांग्रिला प्रकाशनले बजारमा ल्याएको सो संग्रहमा जातीय र सांस्कृतिक द्वन्द्वभन्दा साझा नेपालीत्व र समृद्धिको कल्पना गरिएको समीक्षकहरुले बताएका छन् । 

कवि श्यामल र डा नवराज लम्सालले सिन्धुलीयका कविताले मानवतालाई छोएको टिप्पणी गर्दै जातीय संकीर्णताभन्दा वर्गीय पक्षधरतालाई साहित्यले स्थान दिनुपर्ने बताए । तर समीक्षक कुमारी लामाले भने जातीय पहिचानलाई चटक्कै बिर्सने ध्येय मनासिव नहुने तर्क राखिन् । कवि सिन्धुलीयले आफ्ना कवितालाई बाहुनवादसँग जोडेर हेर्नु गलत भएको दाबी गररिन् । 

सिन्धुलीयका कविता वाचनमा हरिमाया भेटवाल, जय गौडेल, ज्योति जङ्गल, लीला अनमोल र हेम प्रभासले सघाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै