त्रिशूली जलविद्युतको फ्युज शाखामा आगलागी

खरीबोट

फाइल तस्बिर

नुवाकोट । नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट)मा आगलागी हँुदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ । 

बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हँुदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो । 

विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरमा आगो उत्पन्न भएलगत्तै विद्युत्गृहका कर्मचारी, विद्युत् गृह सुरक्षार्थ रहेको श्रीनाथ गण, देवीघाटको नेपाली सेना, नुवाकोट प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानीयवासीले करिब आधा घण्टामा नै नियन्त्रणमा लिएको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको छ । फ्युज शाखामा आगलागी भएपनि केन्द्रको उत्पादन जारी रहेको केन्द्रका प्रमुख अशोककुमार पण्डितले जानकारी दिए । 

आगलागीले पु¥याएको क्षतिको लगत संकलन भइरहेकाले यकिन तथ्यांक आउन बाँकी रहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिए । “प्रारम्भिक अध्ययन अनुसार इनकमर पूर्णरुपमा जलेर क्षति पुगेको छ ।” उहाँले भन्नुभयो “सातमध्ये केही फिडरमा क्षति देखिएकाले त्यसको परीक्षणपछि मर्मतमा जुट्नेछौ ।” 

आगलागीबाट पुगेको क्षतिको आज बिहानैदेखि नै मूल्यांकन भइरहेकाले लगतपश्चात् मर्मतको काम शुरु गरिने केन्द्रले तयारी गरेको छ । आगलागीले पूर्णक्षति बनाएको विद्युत् प्रवाह गर्ने इनकमरको रु १५ लाख र वितरण फिडरको रु १० लाख पर्ने भएकाले करिब रु एक करोडको क्षति भएको अनुमान गरिएको फ्युज शाखाका इञ्जिनियर रामबाबुकुमार दासले जानकारी दिए । 

दासका अनुसार मर्मतका लागि जिल्लामा प्राविधिक भए पनि उपकरण नै परिवर्तन गर्नुपर्ने देखिएकाले विद्युत् सेवा नियमित हुन कम्तीमा दुई दिन लाग्ने देखिएको छ । 

आगलागीले विद्युत् प्रशारणको इनकमर र वितरण फिडरमा क्षति पु¥याएकाले त्रिशूली जलविद्युत् केन्द्रमार्फत वितरण हँुदै आएको नुवाकोट, रसुवा र धादिङमा विद्युत्सेवा अवरुद्ध भएको छ । 

केन्द्रमार्फत वितरण भएको नुवाकोटको सदरमुकाम विदुरसहित आसपासको क्षेत्र, लिखु गाउँपालिका, सूर्यगढी गापा, किस्पाङ गापा, मेघाङ गापा, रसुवाको कालिका गापा, उत्तरगया गापा, नौकुण्ड गापा र धादिङको नेत्रावती गापालगायतका स्थानमा विद्युत्सेवा अबरुद्ध भएको छ । 

सम्बन्धित समाचार

चमेलियाबाट विद्युत् उत्पादन शुरु

दार्चुला । दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभीे प्रसारण लाइनमा आजदेखि विद्युत् प्रवाह भएको आयोजनाले जनाएको छ ।  सन् २००७ देखि निर्माण कार्य शुरु भएको ३० मेगावाट क्षमताको चमेलिया

माथिल्लो तामाकोशी २०७५ मंसिरमा सम्पन्न हुने

दोलखा । विसं २०७५ मंसिरदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।  आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने बताइए पनि सबै युनिट एकैसाथ सञ्चालनमा ल्याउने

चमेलिया प्रसारणलाइनमा ७ गतेदेखि विद्युत् ‘चार्ज’ गरिँदै, ४ सय १२ टावर छुन निषेध 

निर्माणाधिन चमेलिया जलविद्युत् आयोजनाले यही मंसिर ७ गते आफ्नो उत्पादन प्रसारण लाइनमा जोड्ने तयारी गरेको छ । आयोजनाको काम अन्तीम चरणमा पुगेकोले आगामी विहिबारदेखि प्रसारण लाइनबाट विद्युत् प्रवाह (चार्ज) तयारी

तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

दोलखा । स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ ।  आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई