राष्ट्रसंघको प्रतिबन्धपछि उत्तर कोरियाले भन्यो-'आणविक परीक्षण झनै बढाउछौँ'

खरीबोट

प्योङयाङ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको समाचार छ । 

सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको सो नाकाबन्दीको विरोधमा उसले यस्तो प्रतिक्रिया दिएको हो । 

अमेरिकाको प्रस्तावमा त्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले दुष्ट कामको संज्ञा दिएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सोमबार सर्वसम्मत निर्णय भएपछि उसले भनेको थियो– यसका विरुद्धमा अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्नेछ । 

सोमबार चीन र रुसको पनि सहमति र उक्त परिषद् वैठकको सर्वसम्मतिमा सो कानुन पारित गरिएको हो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षणगर्दै आएकाले उसका विरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ । 

उत्तरले गत हप्तामात्र एक शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेको थियो । त्यसका विरुद्धमा यो पछिल्लो नाकाबन्दी आएको हो । यस कार्यलाई उत्तर कोरियाले निन्दा गर्दै आणविक परीक्षणको कार्य नरोकिने बरु थप बढाउदै लाने जनाएको हो । 

विश्व समुदाय एवम् संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दागर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्र हान्ने गरेको छ । उसले सन् २००६ देखि नै निरन्तररुपमा यस्तो परीक्षण गर्दै आएको छ । 

सम्बन्धित समाचार

उत्तर कोरियाली महिलाले दक्षिण कोरिया घुम्न पाउने

सोल (रासस/एएफपी) / चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको समाचार छ ।  शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन् । उनीहरु आगामी

रुसले उत्तर कोरियालाई सघाइरहेको ट्रम्पको आरोप 

उत्तर अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको कडा नाकाबन्दीका बाबजुद रुसले उत्तर कोरियालाई सघाएको आरोप लगाएका छन् । रुसको विरलै आलोचना गर्ने ट्रमपले रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा उक्त आरोप

सम्बन्धमा सुधार हुन्छभने उत्तर कोरियासँग वार्ता गर्न तयार छु - राष्ट्रपति, दक्षिण कोरिया

सोल ।  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यदि दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने आफू उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताएका छन् ।  उनले भने– हाल कोरियाली प्रायद्वीपमा देखिएको अशान्तिको अवस्थामा

दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाले पनि खेलाडी पठाउने

सोल (रासस/सिन्ह्वा) / उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको छ ।  दुई कोरियाबीच मङ्गलबार दक्षिण कोरियामा भएको वार्तापछि उत्तर कोरियाले सो जानकारी गराएको हो । उत्तर