माओवादीले चुनाव नजिते उपलब्धि गुम्ने खतरा : प्रचण्ड

खरीबोट

लहान । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताएका छन् । 

सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संघीयता, समावेशीता, धर्मनिरपेक्षता माओवादीको ठूलो त्याग र बलिदानीबाट मात्र प्राप्त भएको र त्यसलाई संस्थागत माओवादीले मात्र गर्न सक्ने दाबी गरे । 

संघीयता विरोधी, समावेशीता विरोधी र धर्मनिरपेक्षता विरोधी पार्टीलाई मत दिएर ठूलो बनाए नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धि उल्टिने र पुनः २०४६-४७ सालको अवस्थामा मुलुक फर्किने खतरा रहेको समेत उनले बताए । 

पूर्वप्रधानमन्त्री दाहालले भने, “संघीयता, समावेशीता, धर्मनिरपेक्षता ल्याउने परिवर्तनकारी शक्ति माओवादीलाई मत दिने कि संघीयता विरोधी, समावेशीता विरोधी पार्टीलाई मत दिने हो, त्यसको साँचो अहिले मधेशी जनताको हातमा आएको छ । त्यसैले यो अवसरलाई सही ढंगबाट सदुपयोग गर्नुहोला ।” मधेसको सच्चा हिमायती आफ्नो पार्टी मात्र रहेको दाबी गर्दै अध्यक्ष दाहालले माओवादीप्रति आकर्षण बढेकै कारण ठूलो संख्यामा मधेशी नेता आफ्नो पार्टीमा प्रवेश गरिरहेको उल्लेख गरे  ।

आफू दश महिना प्रधानमन्त्री रहेका बेला मधेशलाई विश्वासमा लिन र त्यहाँका जायज माग सम्बोधन गर्न धेरै मिहिनेत गरेको बताउँदै उनले मधेशी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र निर्वाचनमा ल्याउन आफूले ठूलो भूमिका निर्वाह गरेको दाबीसमेत गरे । 

तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको पनि अध्यक्ष दाहालले बताए । 

कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धनगढीमाई नगरपालिका प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरी र उपप्रमुखका उम्मेवार फुलकुमारी श्रेष्ठले आफूहरु चुनाव जिते नगरपािलकालाई सुन्दर, सफा र पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यसअघि अध्यक्ष दाहालले सिरहाको लहानमा आयोजित सभालाई समेत सम्बोधन गरेका थिए । आजै अध्यक्ष दाहालले सिरहाको गोलबजार, मिर्चैयालगायतका स्थानमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार

प्रचण्ड र सशांकको जम्का भेट !

चितवनको भरतपुर विमानस्थलमा मंगलबार नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी एकीकरणको सहमतिपछि बधाई दिनुहुँदै काँग्रेसका महामन्त्री शशाँक कोईराला । तस्वीर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

आलोपालो अध्यक्षता : अध्यक्ष प्रचण्ड

रत्ननगर, चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताएका छन् ।  भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार

पार्टी एकता प्रक्रियाबारे छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एमाले सँगको पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउने विषयमा आन्तरिक छलफल गरेको छ ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताहरुसँग आज आन्तरिक छलफल गरेका छन्

ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता : यसरी बन्दै छ सहमति 

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वार्ता आइतबार पनि कुनै निचोडमा पुग्न सकेन ।  भक्तपुरमा माओवादी नेता तथा व्यापारी दुर्गा प्रसाईको घरमा विहानको