एनएमबि बैंक र आभार फाउन्डेसन बीच माईक्रो फाइनान्स् सेवा सम्झौता

खरीबोट
ad

काठमाडौँ । एनएमबि बैंकले आभार फाउन्डेसन सँग बिपन्नवर्गका ग्राहकहरुलाई लक्षित गरेर माईक्रो फाइनान्स् सेवा सम्बन्धी सम्झौता गरेको छ । 

सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र आभार फउन्डेसनका जनरल सेक्रेटरी सुरेन्द्र  सिलवालद्वारा हस्ताक्षर गरिएको छ । 

यस सम्झौताबाट एनएमबि बैंक आफैले वा बैंकको सहायक कम्पनी एनएमबि माईक्रो फाइनान्स् वित्तिय संस्था मार्फत आभार फाउन्डेसनका कार्यक्षेत्रमा पर्ने जिल्लाहरु ताप्लेजुङ्ग, दोलखा, सिरहा, नवलपरासी र कपिलबस्तुमा कृषि, पशु, साना मझौला ब्यवसाय तथा कारखाना र घरेलु तथा साना उघोगमा बिभिन्न खाले कर्जाहरु उपलब्ध गराउनेछ ।

बिपन्न वर्गहरुलाई नै लक्षित गरेर ल्याइएको यस कर्जाको मुख्य बिशेषता भनेकै बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पुर्ण ब्याज रकम फिर्ता हुने रहेको छ । 

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने — “यस सम्झौताले बिपन्न वर्गहरुको वित्तीय आवश्यकता सम्वोधन हुनेमा आफू विश्वस्त रहेको जानकारी दिनुभयो । बैंकले आगामी दिनमा समेत यस प्रकारका सेवा प्रदान गरिरहने प्रतिबद्वता ब्यक्त गर्नुभयो” । 

एनएमबि बैंकले नाफालाई मात्र केन्द्र  नबनाएर स्थानीयहरुको सहकार्यमा मुल्य र मान्यतामा आधारीत बैंकिङ्ग गर्ने गरेको छ ।
 

सम्बन्धित समाचार

एनएमबि बैंकले पायो अर्को गौरवपूर्ण सम्मान  

काठमाडौँ । एनएमबि बैंकले आठौ आईएफसी ट्रेड अवार्डमा ‘बेस्ट इस्युइङ बैंक पार्टनर इन फ्रगिल कन्ट्रीज- २०१७-दक्षिण एशिया’अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक

एनएमबि बैंकको १६ नयाँ शाखाहरु एकै पटक सञ्चालनमा

काठमाडौं । एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको  छ । देशका विभिन्न प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको

इसिमोड र एनएमबि बैंकबीच सहकार्य

काठमाडौं । स्वस्थ आर्थिक र पर्वतीय पर्यावरणीय प्रणालीको विकासको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोड र नेपालको अग्रणी कमर्सियल बैंक एनएमबि बैंकबीच साझेदारी भएको छ  ।  इसिमोडको कार्यालय ललितपुरमा एक

एनएमबि बैंकको अनलाइन इन्स्योरेन्स सेवा सुरु

काठमाडौं । एनएमबी बैंकले सिङ्गापुरको अनलाइन प्रविधिमा आधारित बीमा सेवा एनएमबी–(आई)न्सुरेन्स सेवा सुरु गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपल्ट सेवाको सुरु गरिएको बैंकले जनाएको छ ।  यो सेवाको सुरुसँगै अब एनएमबी