च्याम्पियन्स लिगमा पिएसजीको विजयी सुरुवात, नेइमार, कभानी र एम्बाप्पेले गरे गोल 

खरीबोट

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्कटल्याण्डको क्लब सेल्टिकलाई ५–० गोलले पराजित गरेको छ । 

पिएसजीको जितमा नेइमार, काभानी र एम्बाप्पेले गोल गरेका थिए । खेलको १९औँ मिनेटमा नेइमारले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै एम्बाप्पेले ३४औँ मिनेटमा र काभानिले ४०औँ र ८५औँ मिनेटमा गोल गरेका थिए । एक गोल सेल्टिकले आत्मघाती गरेको थियो । सेल्टिकले अहिलेसम्म च्याम्पियन्स लिगमा समूह चरणको पहिलो खेल जितेको छैन ।  

यस खेलमा दुई गोल गरेर काभानीले च्याम्पियन्स लिगमा पिएसजीबाट अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले पिएसजीबाट च्याम्पियन्स लिगमा २२ गोल गरेका छन् ।  
 

सम्बन्धित समाचार

बार्सिलोना र चेल्सी बराबरीमा, मेसीले गरे चेल्सीविरुद्ध पहिलो गोल 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र चेल्सी बराबरीमा रोकिएका छन् । गएराती चेल्सीको घरेलु मैदानमा भएको अन्तिम १६ को पहिलो लिगमा दुवै टमले १-१ गोल गरेपछि बराबरीमा रोकिएका हुन् ।  पहिलो

च्याम्पियन्स लिग : लिभरपुलको जितमा मानेको ह्याट्रिक 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले पोर्टोलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ । पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा सादियो मानेले ह्याट्रिक गरेका छन् । खेलको २५औं मिनेटमा

पिएसजीमाथि रियल म्याड्रिडको शानदार जित, रोनाल्डोले बनाए नयाँ रेकर्ड 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको प्रि–क्वार्टरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड विजयी भएको छ । रियलको घरेलु मैदान भएको खेलमा फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ गोल अन्तरले

च्याम्पियन्स लिग नकआउट चरणको ड्र सार्वजनिक, कुन टिम कोसँग खेल्छन् ? 

काठमाडौँ । च्याम्पियन्स लिगको अन्तिम १६ टिमको ड्र सार्वजनिक भएको छ । सोमबार भएको ड्र मा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड फ्रान्सको क्लब पिएसजीसँग खेल्ने भएको छ ।  त्यस्तै स्पेनको चर्चित क्लब