• २०८१ बैशाख १६ आइतबार

मेगा बैंकको दुई अर्ब ९७ करोडको हकप्रद आजबाट

kharibot

काठमाडौं । मेगा बैंकले आज मंगलबारबाट दुुई अर्ब ९७ करोड ८५ लाख ३४ हजार छ सय ३० रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।

बैंकले चुक्ता पुँजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार १९ रुपैयाँ मध्येबाट एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी १० बराबर छ दशमलव पाँचको अनुपातमा  दुई करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको बैंकको हकप्रद सेयरको बिक्री कार्य असोज ३० गतेसम्म जारी रहने छ । अधिकृत पुँजी १० अर्ब तथा जारी पुँजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय ८१ रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुँजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय १४ रुपैयाँ पुुग्ने छ ।

बैंकले आव २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ५५ करोड १० लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै