मेगा बैंकको दुई अर्ब ९७ करोडको हकप्रद आजबाट

खरीबोट

काठमाडौं । मेगा बैंकले आज मंगलबारबाट दुुई अर्ब ९७ करोड ८५ लाख ३४ हजार छ सय ३० रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।

बैंकले चुक्ता पुँजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार १९ रुपैयाँ मध्येबाट एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी १० बराबर छ दशमलव पाँचको अनुपातमा  दुई करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको बैंकको हकप्रद सेयरको बिक्री कार्य असोज ३० गतेसम्म जारी रहने छ । अधिकृत पुँजी १० अर्ब तथा जारी पुँजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय ८१ रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुँजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय १४ रुपैयाँ पुुग्ने छ ।

बैंकले आव २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ५५ करोड १० लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

 

सम्बन्धित समाचार

मेगा बैंकको हकप्रद भदौ २७ गते

काठमाडौ । मेगा बैैकले दुई अर्ब ९७ करोड ८५ लाख ३४ हजार छ सय ३० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैकले पुंजी बृद्धिको लागि हाल कायम रहेको

मेगा बैंकको दुई अर्ब ९७ करोडको हकप्रद आजबाट

काठमाडौं । मेगा बैंकले आज मंगलबारबाट दुुई अर्ब ९७ करोड ८५ लाख ३४ हजार छ सय ३० रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । बैंकले चुक्ता पुँजी चार अर्ब ५८

मेगा बैंकका कर्मचारी मृत फेला

रसुवा । मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारीको आज निधन भएको छ ।  जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्याल रहेका