अफगानिस्तानमा कमाण्डरसहित १२ जना तालिबान लडाकु मारिए

खरीबोट

कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा पर्ने क्वाला ए जाल जिल्लामा आइतबार एक जना तालिबान कमाण्डरसहित १२ जना तालिबान लडाकू मारिएका छन् ।

“सुरक्षा फौजले तालिबानलाई हटाउन क्वाला ए जाल जिल्लाको घुसी गाँउमा आइतबार विहानै कारबाही गरेको थियो, सो कारबाहीमा परी तालिबानका एकजना कुख्यात कमाण्डर मावलावी इस्माइल सहितचार जनाको घटनास्थलमै मृत्यु भएको छ,” जिल्ला गभर्नर अब्दुल मोमीनले भने ।

भिडन्तका क्रममा अरु दुई जना लडाकू घाइते भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

उक्त प्रान्तमा तालिबान लुकेर बसेको सूचनाको आधारमा सेनाले कारबाही थालेको थियो । सो कारबाही अहिले पनि जारी रहेको छ । रासस÷सिन्ह्वा

त्यसैगरी दक्षिणी हेल्मन्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् ।

“गत चौबिस घण्टामा अफगानिस्तानको सुरक्षा फौजले साङगीन, नाहरी, सार्राज, गर्मसेर र वाशेर जिल्लामा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्,” सरकारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार सोही अवधिमा अरु तीन जना याख्चाल क्षेत्रमा मारिएका छन् भने चार जना घाइते भएका छन् । हेल्मड प्रान्तमा तालिबानको दह्रो प्रभाव बढ्दै गएको छ । रासस÷सिन्ह्वा

सम्बन्धित समाचार

नौ जना कमाण्डरसहित १ सय ४३ भन्दा बढी आतङ्ककारी मारिए

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सैनिकले गरेको हवाई आक्रमणमा परी नौ जना कमाण्डरसहित १४३ भन्दा बढी आतङ्ककारी मारिएका छन । यस आक्रमणमा परी अन्य १७ आतङ्ककारी घाइते भएका छन । अफगान

कान्दाहारको सैनिक पोष्टमा तालिबानको रातभर आक्रमण ः कैयौँ सैनिक मारिएको आशङ्का

कान्दाहार, अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका स्थानीय समाचार स्रोतले जानकारी दिएका छन् ।  स्थानीय नागरिकलाई उद्धृतगर्दै दिइएका केही समाचारअनुसार उक्त

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

कान्दाहार, अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार सो जानकारी दिएको छ । त्यसैगरी

अफगानिस्तानबाट सेना फिर्ता बोलाउनु हुदैन – राष्ट्रपति ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन् ।  उनले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा त्यहाँ सुरक्षाको कमी आउने र त्यसमा