• २०८१ बैशाख १५ शनिबार

प्रिमियर लिगमा आर्सनल र टोटनह्याम विजयी, ह्यारी केनले गरे क्लबका लागि सयौ गोल 

kharibot

काठमाडौँ इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल र टोटनह्याम विजयी भएका छन् ।

लिगमा आर्सनलले बोर्नमाउथलाई ३–० ले पराजित गरेको छ । आर्सनलको जितमा ड्यानी वेलबेकले दुई तथा एलेक्जेण्डर लाकाजेट्टीले एक गोल गरेका थिए ।

खेलको छैठौ मिनेटमा नै वेलबेकले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसपछि खेलको २७औं मिनेटमा लाकाजेट्टीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २–० को अग्रता लिएको आर्सनलका लागि ५०औं मिनेटमा वेलबेकले निजी दोस्रो गोल गर्दै ३–० को जित दिलाएका थिए । जितपछि आर्सनलको चार खेलबाट ६ अंक भएको छ ।

गएराती नै भएको अर्को खेलमा टोटनह्यामले एभर्टनलाई ३–० ले पराजित गरेको छ । टोटनह्यामलाई जिताउन ह्यारी केनले दुई तथा क्रिष्टियन एरिक्सनले एक गोल गरेका थिए । टोटनह्याम चार खेलबाट ७ अंकसहित पाँचौं स्थानमा छ । 

ह्यारी केनले टोटनह्यामका लागि यस खेलमा सयौ गोल गरेका छन् । केनले १६९ खेल खेल्दै सयौ गोल गरेका हुन् । केनले आर्सनलका लिजेण्ड थिएरी हेनरीले भन्दा १२ खेल कम खेल्दै सयौ गोल गरेका छन् । हेनरीले १८१ खेल खेलाई आर्सनलका लागि सयौ गोल गरेका थिए ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै